बिहिबार, बैशाख १३, २०८१

राष्ट्र बैंकद्दारा नेपाल फाइनान्स समस्याग्रस्त घोषणा

काठमाडौं मङसिर १९,  नेपाल फाइनान्स वित्तीय अनुशासन पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंकको कारबाहीमा गरेको छ । राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको national-bank-nepal1अवस्थामागरिने कारबाही अन्र्तगत उक्त फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको हो । फाइनान्सलाई कारबाही गरी सर्वसाधारणको थप रकम दुरुपयोग हुन नदिन यस्तो निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै समस्याग्रस्त घोषणा गर्नुपूर्व राष्ट्र बैंकले फाइनान्सलाई स्पष्टिकरण पनि सोधेको थियो । अव उपारान्त् समस्याग्रस्त घोषणा भएपछि फाइनान्सले निक्षेप संकलन गर्न पाउने छैन भने थप कर्जा तथा जमानत प्रदान गर्न पनि पाउने छैनन भने दुई लाख रुपैयाँभन्दा बढी निक्षेप फिर्ता गर्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने, स्थीर सम्पत्ति खरिद–बिक्री गर्न नपाउने र नयाँ कर्मचारी भर्ना पनि गर्न पाउने छैन् ।  राष्ट्र बैंकले यसअघि नेपाल विकास बैंक, सम्झना फाइनान्स, युनाइटेड विकास बैंक, गोर्खा डेभलपमेन्ट बैंक, नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स, क्रिस्टल फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स, हिमालय फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930