शनिबार, बैशाख ८, २०८१

माघ ८ मा संविधान जारी गर्ने ज्वारभाटालाई कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

महाराजा हुन खोज्यो भन्ने  प्रचण्डको टिप्पणीप्रति केपी ओलीद्दारा  रोष प्रकट

काठमाडौं, पौष ८, प्रेस चौतारी नेपालले मंगलबार राजधानीमा गरेको अन्तर–संवाद कार्यक्रमलइ सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले अव कसैके डर र धम्कीबाट निर्धारित मितिमा संविधान जारी हुँन्न भनेर कल्पना गर्नु आफैमा दिवास्वप्न भएको बताएका छन् ।  त्यस्तै अध्यक्ष ओलीले उक्त कार्यक्रममा माघ ८ गते भित्र kp-oli-final-final2संविधान जारी गर्न नकपा एमाले पूर्ण प्रतिवद्ध रहका जिकिर गर्दै यदि कसैले कसम खाएर संविधान बन्न दिँदैन भने पनि माघ ८ मा संविधान जारी गर्ने समयको ज्वारभाटाले कसैलाई पनि नपर्खनेु दावी गर्नुभएको छ ।

त्यस्तै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको व्यवहारलाई ‘नौटंकी’को संज्ञा दिँदै उहाँले माघ ८ मा संविधान जारी गर्न छाडेर नाटक गर्दै हिँड्नुभन्दा घरमै नाटक प्रस्तुत गरेर बस्न सुझाव दिदै देशको सार्वभौमसत्तामा आँच पर्ने कुरा नेपाली जनताले मान्दैनन्, सङ्घीयता केटाकेटीको भाँडाकुटी खेल नभएको र लोकतन्त्र संविधानका लfगि ,प्रक्रियामा जाऔँ भन्दा महाराजा हुन खोज्यो भन्ने  प्रचण्डको टिप्पणीप्रति रोष प्रकट गर्नुभएको थियो । कार्यक्रममा चौतारीका अध्यक्ष राजन्द्र अर्याल लगायतका वक्ताले बोल्नु भएको थियो ।