शुक्रबार, बैशाख ७, २०८१

माघ ८ मा नै लोकतान्त्रिक संविधान :उपप्रम सिंह

ललितपुर पौष् ५, लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा आज ललितपुरमा  गणेशमान सिंह केन्द द्दारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान Captureसिंहले सहमतिका माध्यमबाट सम्भव नभए प्रक्रियाबाट भए पनि माघ ८ मा लोकतान्त्रिक संविधान जारी हुने बताउनुभएको छ । त्यस्तै  उहाँले संविधानका विवादित विषय अन्र्तगत सङ्घीय संरचना, निर्वाचन प्रणाली, न्याय प्रणाली, शासकीय स्वरूपबारे सबै दलबीच छलफल भइरहेको बताउँदै दोस्रो संविधानसभाको निर्वाचनपछि नेपाली जनतालाई एक वर्षभित्र संविधान दिने बाचा गरेअनुरूप सोहीबमोजिम माघ ८ मै संविधान दिनुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड दिनुभएको थियो ।

साथै उआँले अब निर्माण हुने संविधानमा सबै जातजातिको भाषा, धर्म एवम् अधिकार सुनिश्चित गरिने बताउँदै जनआन्दोलनबाट नेपालीको राजनीतिक अधिकार सुनिश्चित भएपछि अब देशमा आर्थिक र सामाजिक क्रान्तिमा गणेशमान सिंहले जोड दिएको चर्चा गर्दै उपप्रधानमन्त्री सिंहले उहाँको सपनालाई साकार पार्न त्यही दिशातर्फ काँग्रेस अग्रसर हुने बताउँनुभएको छ ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले लौहपुरुष गणेशमान सिंह राजनेता भएको बताउदै सिंहले देखाएको बाटोलाई अहिङ्कार गर्दै अब काँग्रेसले आर्थिक क्रान्तिको एजेन्डामा रहेर आफ्नो गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो । केन्द्रका अध्यक्ष बाबुराजा चित्रकारले सर्वोच्च नेता गणेशमानको सपनालाई साकार पार्नका निमित्त सबैले आ–आफ्नो तह र तप्काबाट योगदान गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930