शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद्को बैठक: श्रीमतीको हत्या गर्ने सशस्त्रका डिआजी रञ्जन कोइराला बर्खास्त

सरकारद्वारा ऋण असुली न्यायाधीकरण गठन

काठमाडौ पौष ११, मन्त्रिपरिषद्को आज बसको बैठकले सरकारले अर्थ मन्त्रालय अन्तर्गत ऋण असुली न्यायाधीकरण सम्बन्धी प्रस्ताव पारित गर्दै पदाधिकारी समेत नियुक्त गरेको छ । बैठकले न्यायाधीकरणको अध्यक्षमा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका उपसचिव शेरधन कार्की, बैँकिङ् सदस्यमा timthumbउपेन्द्रबहादुर कार्की र लेखा सदस्यमा रामशेखरप्रसाद चौधरीलाई नियुक्त गरेको कानुन मन्त्री नरहरि आचार्यले जानकारी दिनुभएको छ ।

त्यस्तै सरकारले आजै श्रीमतीको हत्यामा दोषी ठहर भइ जेल जीवन विताउँदै आएका सशस्त्र प्रहरीका डीआइजी रन्जन कोइरालालाई आएका सशस्त्र प्रहरीका डीआइजी रन्जन कोइरालालाई सरकारले बर्खास्त गरेको छ ।    बैठकले अदालतले दोषी ठहर गरिसकेका कोइरालालाई भविश्यमा समेत सरकारी जागिरका लागि अयोग्य हुनेगरी बर्खास्त गरेको हो ।

त्यसैगरि बैठकले नेपाल औद्योगिक व्यवस्थापन लिमिटेड सञ्चालक समितिको अध्यक्षमा नन्दकिशोर बस्नेतलाई नियुक्त गर्नुका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई नेपाल र ओमानबीच हवाई सेवा सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुमति दिएको छ ।