मङ्लबार, बैशाख ४, २०८१

भ्रष्टाचारविरुद्धको अभियानमा एनसेल

काठमाडौ् मङसिर २४,  ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको भ्रष्टाचारविरुद्धको अभियानमा एनसेलले सघाउने भएको छ । नेपालमा हुने गरेको भ्रष्टाचार न्यूनीकरण गर्न एनसेलले ट्रान्सपरेन्सी Ncellइन्टरनेसनल नेपाललाई प्राविधिक सहयोग गर्ने भएको हो । सोसम्बन्धी विषयमा सोमबार दूरसन्चार प्रदायक कम्पनी एनसेल र ट्रान्सपरेन्सी इन्टरनेसनलबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष भरतबहादुर थापा र एनसेलका प्रमुख कार्यकारी अधिकृत इरम ट्यालेन्लरले हस्ताक्षर गरेका थिए । ट्रान्सपरेन्सी इन्टरनेसनले सरकारी तथा निजी क्षेत्रमा हुने गरेको भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएको छ । निजी तथा सरकारी क्षेत्रमा भैलिएको भ्रष्टाचार न्यूनीकरणमा एनसेलको प्राविधिक सहयोगले महत्वपूर्ण भूमिका खेल्ने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष थापाले सो अवसरमा बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930