बिहिबार, बैशाख १३, २०८१

भाडा समायोजनका लागि विद्यार्थी सङ्गठनको २४ घन्टे अल्टिमेटम

काठमाडौ पौष ७, पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि समायोजन नभएको भन्दै आन्दोलनरत नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियुलगायतका १३ विद्यार्थी सङ्गठनले सवारीसाधनको भाडदर घटाउन भन्दै आज २४ घन्टे अल्टिमेटम् दिएका छन् ।

downloadपेट्रोलियम पदार्थमा मूल्य घटेको लामो समय भइसक्दा पनि भाडा समायोजन नगरिएका कारण २४ घन्टाभित्रमा भाडा समायोजन गर्न अल्टिमेटम् दिएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभएको छ । साथै प्रवक्ता लामिछानेले सङगठनको तर्फबाट प्रस्तुत अल्टिमेटमको बेवास्ता गरिए पौष ९ गतेबाट सङ्घर्षका थप कार्यक्रम ल्याउँन विद्यार्थी सङ्गठन बाध्य हुने बताउनुभएको छ ।