बिहिबार, बैशाख १३, २०८१

नेपाल विरुद्ध पहिले मुनी, अहिले जयदेवा रनाडे

राजन कार्की –  भारतमा कांग्रेस आईको सत्ता हुन्जेल एसडी मुनीको निकै चल्तीफिर्ती थियो नेपालमा । यद्यपि मुनी सार्क सम्मेलनताका काठमाडौं आए र गोष्ठीमा भाग पनि लिए । अन्तर्वार्ता दिएर नेपालको निर्णय नेपालीले नै गर्नुपर्छ भन्ने नक्कली उदारता पनि देखाए । यी तिनै मुनी हुन्, जसले सधैं नेपालको विरुद्धमा ‘र’ र भारत सरकारलाई गलत सुझाव दिदै आए । त्यसकारण मुनी नेपालमा ‘खुनी’ नामले चिनिन्छन् । मुनीले कहिल्यै नेपालको भलो चिताएनन् । ६० ठाउँमा भारतले सीमा अतिक्रमण गरेको छ, सीमामा अन्तर्राष्ट्रिय कानुनविपरित राजमार्गै बनाएको छ, बाँध बनाएर नेपाली भूभागलाई दह बनाएर मलेरिया बेल्ट बनाइसकेको छ । तर मुनी भारतले नेपाललाई सहयोगमात्र गरेको दावी गर्छन् । साउनमा आँखा फुटेको गोरु र मुनी उस्तै उस्तै देखिन्छन् । मुनीले कहिल्यै बुझेनन्– नेपाली सधैं भारतका पक्षधर हुन्, भारतका विरोधी होइनन, नेपाली भारतले अनावश्यक नचिमटोस्, न चिथरोस् भन्नेमात्र चाहिरहेका छन् ।

मोदी सरकार बनेपछि निस्केका छन् जयदेवा रनाडे ः मोदी सरकारको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य् । उनी China analysis and strategy, Delhi  संस्थाका सभापति पनि हुन् । सार्क शिखर सम्मेलनमा उनी पनि मोदी टिममा सामेल थिए । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिकाएका छन्– नेपाल–चीन सम्बन्धले स्वीकार गर्न नसकिने ‘रेडलाइन’ पार गरिसकेको छ । नेपालमा बढ्दो चिनियाँ पाइलालाई नरोक्ने हो भने नेपाल भारतको प्रभावबाट खुस्कियो भनेर सम्झे हुन्छ । भर्खर सम्पन्न सार्क सम्मेलनका समयमा प्रधानमन्त्री मोदी जनकपुर, मुस्ताङ र लुम्बिनी जाने कार्यक्रम थियो । नेपालका केही विपक्षीको आपत्तिका कारण मोदीले त्यो भ्रमण स्थगित गर्नुप-यो । किनकि ती क्षेत्रहरुमा चिनियाँ प्रभाव बढ्दो छ । मोदीको भ्रमणलाई रोकन १८ पेज लामो लेख लेखेर प्रचार गर्नेहरुमा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, अर्थमन्त्री डा.रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डे थिए । भारतको राष्ट्रिय सुरक्षा परिषदलाई सुझाउने सदस्य नै यसरी नेपाल–चीन सम्बन्धलाई गलत अर्थ लगाउने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्साउन थालेका छन् भने उनले कसरी सार्कमा नवौं सदस्यका रुपमा चीनलाई प्रवेश गर्न दिने थिए र ? चीन यसपटक पनि सार्कमा सामेल हुन असमर्थ भयो ।

मंसिर १० गते सार्क सम्मेलनको उद्घाटन भइसकेपछि पाकिस्तान र श्रीलंकाले चीनलाई नयाँ सदस्यका रुपमा प्रवेश दिन प्रस्ताव गरेका थिए । त्यसमा नेपालको पनि समर्थन थियो । तर, भारतले त्यो प्रस्ताव नल्याउन कडा दबाब दिनुप-यो । चीनका पर्यवेक्षकले सार्कलाई १.६० मिलियन सहयोग सन २०१८ सम्म जारी राख्ने घोषणा गर्दासमेत चीनले सदस्यता पाउन सकेन । र, १८औं काठमाडौं सार्क भारत र पाकिस्तानको छायाँमा प¥यो, दुबै देशका प्रधानमन्त्रीले हात मिलाएर सकियो । सार्क अवधिभर कुनै अप्रिय घटना घटेन, सार्क सफल भयो तर फ्रुटफुल हुनसकेन । उही घोषणापत्र, उही प्रतिवद्धता, हात लाग्यो शून्य । यस क्षेत्रको विकास, मित्रता, सम्बन्ध र कनेक्टिभिटीको महत्व हावादारी साबित भयो । हुनु यही थियो सायद ।

रनाडे तिनै भारत सरकारका सहसचिव हुन्, जो भारत सरकारका सचिवस्तरीय वार्ताको टेप काण्डमा फसेका थिए र उनी स्वेच्छिक अवकाश लिन बाध्य भएका थिए । उनी श्रीमती विश्व वैंककी जागीरे हुन् र उनी पनि शंकास्पद क्रियाकलापमा आरोपित भएकी थिइन् । नरेन्द्र मोदी नेपालका सम्बन्धमा नेहरुका पूर्वविद्यार्थीको चंगूलमा फस्दै गएको बुझ्न कठिन छैन । यसरी खुनी मुनीपछि रनाडेको रण्डखाल सुरु भएको छ । नेपाल भारतसँग असली मित्रता खोजिरहेको र मित्रता अघि बढिरहेको समयमा अमिलो निचोर्न थाले रनाडे । यी रनाडे मोदीका सहयोगी हुन् कि दुई देशवीचका मित्रभाँडा । मोदीले यस्ता तत्वहरुबाट सतर्क हुनुपर्छ । कसैको बहकाउमा लाग्ने, शंकास्पद व्यक्तिहरुले बिगतमा जे गरे, वर्तमानलाई पनि बिथोल्ने काम नगरुन्, मोदीलाई यो मुझ्तको सुझाव छ । किनकि मोदी दक्षिण एसियामात्र होइन, विश्वनेताका रुपमा व्यक्तित्व निर्माणमा लागेका छन् । मोदी छिमेकीको साथ र सहयोगका साथ उभिन खोजिरहेका छन् । नेपाल त्यही मैत्रीभावको पक्षमा उभिएर मोदीको उदीयमान व्यक्तित्व चम्किएको स्थिति र यस क्षेत्रको उज्यालो सम्बन्ध खोजिरहेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930