बिहिबार, चैत्र १५, २०८०

जातजातिको पोसाकको प्रबद्र्र्घन गर्न पोसाक दिवस मनाइने

काठमाडौ पौष १५, स्वामी राजानन्द असहाय कल्याणकारी संस्था नेपालले विभिन्न जातजातिको भेषभूषा तथा पोसाकको प्रबद्र्र्घन गर्ने उद्देश्यले आगामी पौष १७ गते timthumb (1)दोस्रो नेपाली पोसाक दिवस मनाउने भएको छ ।  संस्थाले सोमवार राजधानीमा अयाजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत वर्षदेखि नेपालमा जातिय पहिरणको पहिचान दिने लक्ष्य अनुरुप यसदिवसको आयोजना गरिएको जानकारी दिएका छन ।

त्यस्तै दिवसका दिन बनेपाबाट विभिन्न विद्यालय, क्लब तथा संस्था तथा झाँकी सहितको नेवार, तामाङ, भोटे, तराईका विभिन्न ७५ भन्दा बढी जातजातिको पोसाकलगाएका महिला तथा पुरुषको सहभागिता ¥याली काठमाडौको भृकुटीमण्डपबाट बाजागाजासहित सुरु भई बसन्तपुरको डबलीमा पुगेर समापन गरिने बताइएको छ ।