बुधबार, बैशाख १२, २०८१

चिनियां विदेशमन्त्री वाङ आज फर्कने,चीनले नेपाललाई १३ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने सहमति

रामवरण यादवसंग भेटबार्ता गर्दै चिनिया विदेशमन्त्री वाङ यी । तस्विर सौजन्य : सितल निवास

काठमाडौं पौष १२,  तीन दिने नेपालको औपभारिक भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी आफ्नो भ्रमण पूरा गरी आज फर्कने भएका छन । चिनियां विदेशमन्त्री वाङल दुई देशका परारष्ट्रमन्त्रीबीच भएको दुई पक्षीय वार्तामा चीनले नेपाललाई १३ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने सहमति सहित तीन दिन नेपाल बसाईका क्रममा नेपालका राष्ट्रपति डा। रामबरण यादवसङग पनि शिष्टाचार भेट तथा प्रधानमन्त्रीलगायत नेतासङग द्विपक्षीय मामलामा भेटवार्ता गरेका छन ।

त्यस्तैविदेशमन्त्री वाङ र नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेबीच भएको दुई पक्षीय सहयोगका जनकरीदिन अयाजित संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङले नेपाली जनताको जीवनस्तर उकास्न चीनले जलविद्युत, कृषि, व्यापारलगायतका क्षेत्रमा सहयोग गर्न लागेको बताउँनु भएका छ भन चीनको सहयोगमा संचालित परियोजनाहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउनुका साथै दक्ष जनशक्ति निर्माणमा सहयोग पुर्‍याउने प्रतिवद्धत व्यक्त गर्नु भएके प्रप्त समाचरम उल्लेख रिएको छ ।
त्यस्तै कार्यक्रममा परराष्ट्रमन्त्री पाण्डेले बैठकमा द्विपक्षीय, क्षेत्रीय, अन्तर्राष्ट्रिय लगायतका सबै विषयमा छलफल भएको जानकारी दिदै मन्त्री पाण्डेले बैठकमा सिल्क रोड इकोनोमिक बेल्टका साथै एसियाली भौतिक पूर्वाधार निर्माण विकास बैंकको स्थापनाबारे पनि छलफल भएको जानकारी दिएका छन ।