बुधबार, बैशाख १२, २०८१

काँग्रेस विपीद्दारा प्रतिपापदित मार्गबाट अघि बढिरहेको छ:प्रधानमन्त्री

काठमाडौ पौष १६, नेपाली कांग्रेसले आज ३९ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ । नेपाली कांगे्रसका संस्थापक नेता बीपी कोइराला विक्रम सम्बत २०३३  साल पौष १६ गते गणेशमान सिंह, कृष्णप्रसाल भट्टराई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता तथा कार्यकर्ताका साथ भारतबाट निर्वासनको वनत्यागेर स्वदेश फर्किएको सम्झनामा कांग्रेसले हरेक वर्ष आजको दिनमा मेलमिलाप दिवस मनाउँदै आएको छ । यसैक्रममा  काँग्रेसले मेलमिलाप दिवसको अवसर पारेर आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले वि।स २०३३ सालमा राष्ट्रिय हित र एकता र मेलमिलापको नीति अवलम्बन गरी भारत निर्वासनबाट स्वदेश फर्केकोउल्लेख गर्दै विपीले प्रतिपादन गरेको मेलमिलापको नीतिअनुसार नेपाली काँग्ेस अघि बढिरहेको बताउनुभएको छ ।

त्यस्तै सभापति तथा प्रधानमन्त्री कोइरालाले नेपालमा तत्कालीन अवस्थामा निरङ्कुश पञ्चायती दवावको वावजद पनि विपी कोइरालाले अवलम्बन गरेको मेलमिलापको नीतिकै कारणनै राजा प्रजातन्त्रका निम्ति जनमतसङ्ग्रह गर्न बाध्य भएको बताउदै प्रस्तत मार्गको आधारमानै गिरिजाप्रसाद कोइरालाले १० वर्षसम्म हतियारको राजनीति गर्दै आएका माओवादीलाई मूलधारको राजनीतिमा ल्याएको प्रसङग जिकिर गर्नभएको छ । साथै उहाँले मुलुकमा राजनीतिक स्थिरता बनाईराख्नका लागि पनि कुनै पनि हालतमा संविधान माघ ८ भित्रै आउने प्रतिबद्धता दोहो¥याउँनभउको थियो ।

कार्यक्रममा उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्य तथा् अर्थ मन्त्री डा रामशरण महत, केन्द्रीय सदस्य एवम् सिँचाइमन्त्री एनपी साउद, केन्द्रीय सदस्य तथा सभासद् गोपालमान श्रेष्ठ, काँग्रेसका पूर्व महामन्त्री तथा सभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्य तथा सभासद् अर्जुनप्रसाद जोशी, दीपकुमार उपाध्याय, अम्बिका बस्नेत, पुष्पा भूषाल, रामचन्द्र तिवारी, लक्ष्मीकुमारी राईले विपीको मेलमिलापको नीतिका सम्बन्धमा चर्चा गर्नभएको थियो ।  Photo: Kumar Shrestha