बिहिबार, मंसिर १४, २०८०
Dashain

सहकारी संस्थाको उल्लेख्य विकासका लागि विद्यमान ऐनमा परिमार्जन जरुरी: सभासद् महर्जन

झीगु धुकु बचत तथा ऋणसहकारी संस्थाको ५ औ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं पौष १२, संविधानसभा सदस्य रुपा महर्जनले तत्काली गुठिका प्रारुप परिवर्तन हुँदै सहकारी संस्थामा रुपान्तरण भएको सहकारी संस्थामा क्रीयाशील  सहकारीएनहरुले पनि अव नेवा राज्य स्थापानाका लागि विशेष पहल थाल्नु पर्ने बताउँनु भएको छ । राजधानीमा आज झीगु धुकु बचत तथा ऋण  IMG_1068sjh_roadphotography_jhigu dhuku_ramsharan_2071सहकारी संस्थाको ५ औ वार्षिक साधारणसभाको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिनु भएको हो । साथै उहाँले अवसर र चुनौति सङगसङगै बाक्दै अगाडि बढ्दै आएको सहकारी संस्थाको उल्लेखय विकासका लागि विद्यमान सहकारी ऐनमा परिमार्जन जरुरी रहेको बताउँनु भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामशरण डङगोलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष् विनोद डङगोलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  त्यस्तै त्यस अवसरमा संस्थाका शेयर चुक्ता पूजी आव ०७०/०७१ मा रु 23,76,500   रहको जानकारीदिदै संस्थागत निरन्तरता र स्थायित्वको लागि शेयर पूजी बढाउँनु पर्नेमा विशेष जोड दिइएका थियो । साथै उक्त संस्थाले आव ०७०/ ०७१मा बचत सङकलन तर्फ रु 99,11,761,25 /25  रुपैया सङगलन गर्नुको अलावा कर्जा लगानीतर्फ रु 91,521,610 रुपैया प्रवाह भएको जानकारी दिइएको थियो ।  त्यसै गरि संस्थागत आयतर्फ क्रमस जारी कर्जाको व्याज आम्दानी,बैक व्याज आम्दानी र विविध आम्दानी तर्फ गरि जम्मा रु 22,62,594 /65  रुपैया र त्यस्तै गरि व्ययतर्फ बचतमा व्याज ,प्रशासनिक खर्च कर्मचारी खर्च हस कटटी लगायतका शिर्षकमा रु 21,82,937  /29 रहको जानकारी दिइएको थियो ।  कार्यक्रममा वर्ष २०७० को एसएलसी परीक्षा  उतकृष्टता   सहित उत्तिर्ण शेयर धनीका सुपुत्र, सुपुत्रीलाई रिभा महर्जन र सुसाङक महर्जनलाई   सम्मान गरिएको थियो ।

  यसैवीच पाँचौ साधारण सभाले    उक्त सहकारीको सञ्चालक समितिको समेत चयन गरेको छ । रामशरण डङगोलको अध्यक्षतामा    चयन भएको  सञ्चालक  समितिको  उपाध्यक्ष  सचिव र कोषाध्यक्षमा क्रमस  अष्टनारायण महर्जन ,पूर्ण डङगोल र वावुराजा  महर्जन रहेका छन भने सदस्यहरुमा रमेस थापा मगर, राधिका महर्जन ,उषा महर्जन तुलाधर,कल्पना महर्जन ,ज्ञानकमल महर्जन रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930