आइतवार, चैत्र १९, २०७९

सबैलाई एकताको सूत्रमा आबद्ध गर्ने गरी नयाँ संविधान जारी हन्छ : प्रम कोइराला

काठमाडौ मङसिर २०,  प्रधानमन्त्री सुशील कोइरालाले एघारौँ राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले २०६२/०६३ को आन्दोलनका उपलब्धि सङ्घीयता, लोकतन्त्र र समावेशीताबाट कोही पनि पछि हट्न नसक्ने उल्लेख गर्दै आगामी संविधानले सबैलाई एकताको सूत्रमा आबद्ध गर्ने गरी नयाँ संविधान जारी हुने बताउनुभएको छ ।  480X320_7beaeb7fdd85f0ee1b87b24cac50c74bपरम्परागत नेवारी पोसाकमा कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री कोइरालाले काठमाडौँ उपत्यकाको आदिवासी जनजाति ‘ज्यापु’ समुदायले वर्षौ पुरानो भाषा, संस्कृति तथा समुदायको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै  ज्यापु सांस्कृतिक विकास कोषको स्थापनाले बहुजातीय, बहुधार्मिक र बहुपरम्परालाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको र यस्ता कार्यले देशको राष्ट्रियतालाई बलियो बनाउने भएकाले सरकारले यस्ता कार्यलाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा प्रम कोईरालाले ज्यापु प्रतिभा सम्मान र पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार ज्यापु बाल प्रतिभा पुरस्कार सुर्मा डङ्गोल र सृष्टि महर्जनलाई प्रदान गरिएको छ । । त्यसैगरी ज्यापु युवा प्रतिभा पुरस्कारअन्तर्गतको स्वास्थ्य शिक्षामा डा भावना डङ्गोल, सङ्गीतमा सोफिया महर्जन, खेलकुदमा गङ्गाराम महर्जन र मचारत्न महर्जन, पत्रकारितामा राकेश डङ्गोल र महिला सशक्तीकरणमा नानीहिरा महर्जनलाई पुरस्कृत गनुृ भएको थियो ।

त्यसैगरी जनही रु १० हजारसहित सम्मान पत्रबाट त्रmमस ज्यापु सांस्कृतिक गुरु पदक ९४ वर्षीय तरिभाइ डङ्गोल, ज्यापु सरस्वती पदक शान्ति निकुञ्ज माविका प्राधानाध्यापक ज्ञानीकाजी महर्जन, ज्यापु उद्यमी पदक राजेश अवाले, ज्यापु दीर्घ सेवा पदक शम्भु महर्जन र ज्यापु दानवीर पदक सानु महर्जनलाई प्रदान गरिएको सम्मानीत गरिएको थियो भने ज्यापु रत्न भूमि प्रशासन विशेषज्ञ कपिल डङ्गोल, ज्यापु प्रज्ञा संस्कृतिविद् तुलसी दिवस, मरणोपरान्त विशेष सम्मान काजी तुलसीमान सिंह र तिर्थमान ज्यापु र ज्यापु सहयोद्धा पदक हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयका प्रमुख हरिकुमार श्रेष्ठलाई प्रदान गरिएको थियो भने ज्यापु विशेष सम्मान महिला पाइलट वागेश्वरी डङ्गोल, काठमाडौँ महानगरपालिकाका भवन तथा सम्पदा महाशाखा नारायणबाबु भट्टराई, कामनपा जनस्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख नरेन्द्रविलास ब्रजाचार्य र हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका अधिकृत सन्तु श्रेष्ठलगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930