शुक्रबार, अशोज ५, २०८०

संविधानका विवादित विषयमा सहमति जुटाउन कार्यदलको छलफल जारी

काठमाडौ पौष १२, संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि प्रमुख राजनीतिक दलले गठन गरेको कार्यदलले आज पनि छलफललाई निरन्तरता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी रहेका कारण विवादित विषयमा के सहमति भयो भनेर अहिल्यै नै भन्न नसकिने कार्यदलमा सहभागी नेताहरूको भनाइ छ । प्रमुख विवादित विषयहरू शासकीय स्वरूप, राज्यको पुनः संरचना, न्याय प्रणाली र निर्वाचन प्रणालीको विषयलाई छलफलको केन्द्रबिन्दुमा राखिएको र आइतबारसम्म केही न केही सहमति हुने विश्वास लिइएको कार्यदलका सदस्य एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्ने र त्यसका लागि विवादित विषयमा सहमति जुटाउनका लागि प्रयत्न गरिने उहाँको भनाइ छ । कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावल, एनेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा र मधेसी मोर्चाका तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण हुनुहुन्छ ।

कार्यदलका सदस्य एमालेका उपाध्यक्ष रावलले आज छलफल जारी रहेको जानकारी दिँदै आइतबार बिहान पुनः छलफललाई निरन्तरता दिइने र साँझसम्म केही न केही सहमतिमा पुग्ने ��्रयास भइरहेको बताउनुभयो । नयाँ बन्ने संविधानका विवादित विषयमा सहमति जुटाउने आधार के हुन सक्छ, र कसरी विवादित विषयमा सहमति हुन सक्छ भन्नेमा हामीले ठोस अवधारणा ल्याउने कोसिस गरिरहेका छौँ”–रावलले भन्नुभयो, “सहमतिका लागि भरमग्दुर प्रयास भइरहेको छ । अहिले नै निर्णय बाहिर दिने अवस्था भइसकेको छैन ।  संविधान जारी गर्ने समय नजिकिँदै गरेको सन्दर्भमा दलहरू सहमतिका लागि गम्भीर भएको समेत उहाँको भनाइ छ । कार्यदलले तयार पारेको प्रतिवेदन आइतबार साँझ बस्ने शीर्ष नेताहरूको बैठकमा पेस गरिने सदस्य कर्णको भनाइ छ । रासस

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930