यौन आतङक नै मच्चाएको आरोप खेप्दै आएका तेर दे जोम नामक सस्थाद्दारा बालयौन शोषणलाइ न्यूनिकरण गर्न सचेतना अभियान सुरु गरिएको दावी
काठमाडौ पौष ७, गत शुक्रवार खुलेआम यौन व्यवसाय सम्बन्धी एसएमएस पठाएर नेपाल टेलिकमका र एनसेल तीन लाख सेवाग्राहीलाई भ्रममा पार्नुको अलावा काठमाडौंमा यौन आतङक नै
मच्चाएको आरोप खेप्दै आएका तेर दे जोम नामक सस्थाद्दारा आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफुहरु विगत ५ वष यता देखि बालबालिका माथि यो वा त्यो बाहनामा हुँदै आएका यौन शोषणलाइ न्यूनिकरण गर्न विना हिचकिचाहत प्रत्येक घरघरमा सचेतना अभियान सुरुगर्न लक्ष्यसहित यस क्षेत्रमा क्रियाशील रहको दावी प्रस्तुत गरेका छन ।
पत्रकार सम्मेलनमा संस्थाका नेपाल प्रतिनिधि जसोन स्वायेरले यहाँका बालबालिकामाथि यौन शोषण बढी हुने गरेकाले त्यसतर्फ सबै सचेत हुनु जरुरी रहेको भन्दै यौन व्यवसायमा लागेका बालबालिकालाई सम्मानजनकरुपमा त्यो पेसाबाट अलग्ग गराउन सबैको सहयोग आवश्यक रहेको पनि त्यसक्रममा जिकिर गरका थिए । त्यस्तै संस्थाले हालसम्म एक हजार ८९४ बालबालिकालाई व्यावसायिक यौन शोषणबाट छुटाएर सामान्य अवस्थामा फकाउँने काम गरिसकेको जानकारी दिएका छन ।
त्यस्तै नेपालका मनोरञ्जन तथा यौन उद्योगमा मानव वेचविखन र शोषणको समस्या रहको र यसमध्यपनि क्याविन रेस्टुरेंन्ट, डान्स रेस्टुरेंन्ट, खाजा घर, मनोरन्जनलगायतका क्षेत्रका बालबालिका असुरक्षित रहेको बताउँदै बालबालिकालाई सबै किसिमबाट सुरक्षित गर्न सरकार, प्रहरी, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्था र परिवार नै लागसभन्ने मनसायले त्यस किसिमका एसएमएस पठाउँने कार्य भएको प्रष्टिकरण दिइएको थियो । साथै पत्रकार सम्मेलनमा उठेको जिज्ञासाको यथोचित सम्बोधन गर्न संस्थाका अधिकारीहरु केहि अत्तालिएको सहजै बोध गर्न सकिन्थ्यो ।
स्मरण रहोस उक्त संस्थाले बा]केको लक्ष्य आफैमा सकारात्मक भएको अवस्था विद्यमान रहेपनि जसरी भ्रामकप्रारुपमा उक्त संस्थाले काठमाडौं उपत्यका भित्र किशोरकिशोरीहरु व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि ९८०८९६९९२१, ९८०८९७०१११ मा फोन गर्नुहोला भन्ने सन्देश शुक्रबार तीन लाख नेपालीको मोवाइलमा पठाएको थियो । प्रस्तुत सन्देश आफैमा बदनियत भएको भन्दै यस अघिनै राज्यका सरोकारवाला निकायको तर्फबाट छानवीन प्रक्रिया अगि बढाइसकको अवस्था छ ।