आइतवार, चैत्र १९, २०७९

यमनमा चालकविहीन विमानको आक्रमण,नौ अल–कायदाका लडाकू मारिए

एजेन्सी मङसिर २०, यमनको दक्षिणपूर्वी भागमा शनिबार चालकविहीन विमानले गरेको आक्रमणमा अल–कायदाका नौ लडाकू मारिएको त्यहाँको सुरक्षा स्रोतलाई उदृत गर्दै समाचारस्रोतहरुले  जनाएको छ ।   सुरक्षा स्रोतका अनुसार यमनको सबवा प्रान्तको नुसाबमा अल–कायदाको केन्द्रमा अनेकौँ चालकविहीन विमानले आक्रमण गर्दा अल–कायदाका नौ सदस्यको मृत्युभएको जनाएको छ ।

एजेनसीका अनुसार अमेरिकी पत्रकार ल्युक सोमर्स एक वर्षअगाडि सानामा अपहरण भएको र उनलाई बन्धक मुक्त गर्न प्रयास स्वरुप प्रस्तुत आक्रमण भएको अनुमान गरिए पनि यसको औपचारिक पुष्टि गर्न नसकिएको बताएका छन ।
यद्यपी यमनी प्रतिरक्षा मन्त्रालयले अल–कायदाले अमेरिकी पत्रकार, बेलायती तथा दक्षिणी अफ्रिकी नागरिकलाई गत महिना अमेरिकी तथा यमनी सैनिक आक्रमणभन्दा पहिले नै अन्यत्र सारेको जानकारी दिएको छ । एएफपी

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930