सोमवार, चैत्र ६, २०७९

माओवादीका अध्यक्ष मोहन वैद्यले भने- नेत्रविक्रम चन्द दक्षिणपन्थी अवसरवादी

बाँके मङ्सिर २० नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले नयाँ पार्टी गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ लाई दक्षिणपन्थी अवसरवादीको संज्ञा दिनुभएको छ। पाँच जिल्ला सम्मिलित थारुवान main-newsराज्य समितिका सचिवालय सदस्यहरूको प्रशिक्षणमा अध्यक्ष वैद्यले विप्लवको दस्तावेज ‘रूपमा वामपन्थी देखिए पनि सारमा दक्षिणपन्थी’ रहेको टिप्पणी गर्नुभयो। ‘क्रान्तिकारी, राष्ट्रवादी र देशभक्तहरू एक भएर लड्नुपर्नेमा फुटेर विप्लवले परिवर्तनलाई धोका दिएका छन्’, वैद्यले थप्नुभयो– ‘यसले क्रान्तिका होइन, प्रतिक्रान्ति निम्त्याउँछ।’ उहाँले विप्लवले क्रान्ति गर्ने भरमा नपर्न कार्यकर्तालाई आश्वस्त पार्नुभयो।

हालै सम्पन्न पाँचौं विस्तारित बैठकको निर्णयहरू सम्प्रेषण गर्नका लागि अध्यक्ष वैद्य देशव्यापी दौडाहामा हुनुहुन्छ। विप्लव छुट्टिएपछि जिल्ला भ्रमणको पहिलो चरणमा नेपालगन्ज आइपुगेका वैद्यले यस राज्य समितिमा रहेका नेता तथा कार्यकर्ताहरूको भावना बुझ्नुभएको छ। बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर सम्मिलित थारुवानमा १ सय ७५ जना सचिवालय सदस्य रहेकोमा बुधबार नेपालगन्जको प्रशिक्षणमा १ सय २५ जना आएका थिए। प्रशिक्षणमा नआएका ५० जनामध्ये २० जनाजति विप्लवको समूहमा गएको माओवादी थारुवान राज्य समितिलाई उदृत गर्दै समाचार प्रकाशित रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930