बिहिबार, चैत्र ९, २०७९

बलात्कार घटनाको आरोपीलाई सर्वोच्च अदालतले सुनाइएको सजाएको पत्रकार महासंघङद्दारा स्वागत

काठमाडौं पौष् ५, नेपाल पत्रकार महासङघले स्याङजाको स्थानीय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी युवतीमाथि भएको बलात्कार घटनामा पुनरावेदन अदालत पोखराले गरेको ५ वर्षअघिको उक्त फैसलालाई उल्टाउँदै आरोपीलाई सर्वोच्च अदालतले कसुरदार ठहर गर्दै सुनाएको फैसलके स्वागत गरेको छ ।

fng logo 1 महासङघले पाँच वर्षपछि भएपनि एक सञ्चारकर्मीले न्याय पाएको उल्लेखगर्दै शुक्रवार जारी विज्ञप्तिमा मार्फत फैसलाको स्वागत गरेको हो । महासङघका सचिव सङगीता खड्काले जारीगरेको विज्ञप्तिमा फैसला स्वागत योग्य भएपनि आरोपीलाई तोकिएको कैद र क्षतिपूर्ति भने निकै कम भएको महासङघले महसुस गरेको उल्लेख गरेकी छन् । सर्वोच्चले आरोपी घिमिरेलाई ५ वर्ष कैद र डेढ लाख क्षतिपूर्ति भर्नुपर्ने फैसला सुनाएको हो ।

२०६४ पुसमा नेपाल टेलिकम स्याङजाका अधिकृत यादव घिमिरेले जागिर लगाइदिने प्रलोभन दिएर पोखरा लगी सञ्चारकर्मी युवतीको बलात्कार गरेका थिए । सुरु मुद्दामा जिल्ला अदालत कास्कीले घिमिरेलाई दोषी ठहर गरेको थियो । पछि घिमिरे पुनरावेदन गएपछि त्यहाँबाट सफाई पाएका थिए । त्यस्तै विज्ञप्तिमा महासंङघले पीडितलाई न्याय दिलाउन सहयोग गर्ने विभिन्न संघ–संस्था, कानुनविद् र पत्रकार लगायतलाई धन्यावद दिएको छ । आगामी दिनमा पत्रकारको पेशागत र भौतिक सुरक्षामाथि हुने यस किसिमको घटनाको सुनुवाई छिटो होस भन्ने महासंघले अपेक्षा राखेको जनाइएको छ ।

पटकपटक सुनुवाई रोकिदै आएको उक्त मुद्दामा महासंघको कानुनी डेस्कबाट पनि न्यायका लागि पहल गरिएको थियो । उक्त मुद्दाको बन्द इजलासमा सुनुवाई भैरहेको बेलामा महासंघका अध्यक्ष महेन्द्र विष्टलगायत पदाधिकारीहरुको अदालत परिसरमा उपस्थिति रहेको थियो ।