सोमवार, चैत्र १३, २०७९

नेपाल र चीनबीच पाँच वर्षे सञ्चार आदानप्रदान तथा सहयोगसम्बन्धी समझदारी

समझदारीपत्रले नेपालको सञ्चार क्षेत्रमा ठूलो सहयोग पुग्ने मन्त्री रिजालको विश्वास

काठमाडौ पौष १४, सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र चीनबीच हस्ताक्षर भएको पाँच वर्षे सञ्चार Minendra-Rijal3-300x225आदानप्रदान तथा सहयोगसम्बन्धी समझदारीपत्रले नेपालको सञ्चार क्षेत्रमा ठूलो सहयोग पुग्ने बताउनुभएको छ । त्यस्तै उहाँले दुइ देशवीच भएको सञ्चार सहयोगसम्बन्धी समझदारीपत्रले नेपालको पत्रकारिता मात्र नभएर सम्पूर्ण सञ्चार क्षेत्रको गुणस्तरीयतामा योगदान पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

त्यसैगरी मन्त्री रिजालले चिनियाँ समकक्षी काईको निमन्त्रणमा चीन भ्रमणको क्रममा चिनियाँ अधिकारीसँगको वार्तापछि उक्त समझदारीपत्रमा हस्ताक्षर भएको जनकारी दिदै चिनको साङ्घाई महानगरपालिकाको प्रकाशन विभाग, चिनियाँ स्वतन्त्र व्यापार क्षेत्र, अनुसन्धान तथा विकास केन्द्र र चलचित्र सङ्ग्रहालयको अवलोकन भ्रमण सहित त्यहाँका उच्च अधिकारीहरूसँग द्विपक्षीय हितका विषयमा समेत छलफल गर्नुभएको त्यसअवसरमा जानकारी दिनुभएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा भ्रमण टोलीमा रहनुभएका सञ्चार मन्त्रालयका सहसचिव कविराज खनालले उक्त समझदारीमा हस्ताक्षर पश्चात् सञ्चारका क्षेत्रमा सूचना, इन्टरनेट, अनुभव, नीति र रणनीतिका सम्बन्धमा सहयोगको आदानप्रदान हुनुका साथै नियमित रुपमा दुवै देशका सूचना विभागबीचका समन्वयमा कार्यसम्पादन हुँने जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930