काठमाडौ पौष १६, निर्धारित मितिमा अर्थात माघ ८ गतेभित्रै संविधान लेखनका लागि युवा सभासद्हरूले दबाबस्वरुप विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छन । संविधान निर्माणका लागि दवावका कार्यक्रमको योजना बनाउँदै नेपाली काँग्रेसका चन्द्र भण्डारी, गगन थापा, एमालेका प्रकाश ज्वाला, राजन भट्टराई, नेकपा(संयुक्त)का प्रमिला राणा, गरिमा राणा नेपाल परिवार दलकी मिलन कुमारी राजवंशीलगायत सभासदसभासद्हरूले त्यस क्रममा दबाब अभियान’ समूह समेत गठन गरेका छन ।
त्यस्तै दबाब अभियान’ समूहले दलका शिर्ष नेताहरू र सभामुखलाई भेटी निर्धारित मितिमै संविधान लेखनका लागि दबाब दिने, सभासद्बीच छलफल धर्ना,अन्तरक्रिया लगायतका कार्यक्रमको आयोजना गर्ने र आगामी पौष २५ गतेभित्र संविधान प्रक्रिया अगाडि नबढे संविधानसभामै सभासद्हरूको बृहत भेला गरी थप आन्दोलनका कार्यक्रम समेतको आयोजनगर्न पछि नर्पर्ने निर्णय समेत गरेको बझिएको छ ।