शुक्रबार, अशोज ५, २०८०

दलहरूबीच सहमति भए निर्धारित मितिमै संविधान : सभामुख नेम्वाङ

काठमाडौ पौष ९, नेपाल पत्रकार महासङ्घले आयोजना गरेको राष्ट्र निर्माणमा सञ्चारमाध्यमको भूमिका विषयक गोष्ठीलइ सम्बाधन गदै सभामुख सुवास नेम्वाङले दलका fng logo 1नेताहरूबीच सहमति भए नियमावली संशोधन गरेर पनि निर्धारित मितिमै संविधान जारी गर्न सकिने बताउनुभएको छ ।

त्यस्तै नेकपा (एमाले) नेता माधवकुमार नेपालले दलहरूबीच संविधान जारी गर्न सहमतिकोे विकल्प नभएको जिकिर गर्दै देशको माटा अनुकुलको समावेशी खालको सङ्घीय संरचना समेटिएको संविधान जारी गर्नुपर्नेमा जोडदिनुभएको थियो भने एमाओवादीका नेता डा बाबुराम भट्टराईले सहमतिबाटै संविधान जारी गर्ने बाटो फुकाउनुपर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै गरी काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सहमति भए सहमतिबाट नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुको विकल्प नभएको अभिव्यक्ति दिदै या व त्या बाहनामा मलुकलाई बन्धक बनाउँन नहुन विचार व्यक्त गर्नुभएको थियो ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले निर्धारित मितिमै विवेकशील तरिकाले राज्यलाई बलियो बनाउने खालका संविधान सहमतिमा निर्धारित मितिमै जारी गर्नुपर्नेमा जोड दिनुभएको उक्त कर्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की अन्नपूर्णपोष्टका प्रधान सम्पादक युवराज घिमिरे, महासङ्घका पूर्व अध्यक्ष शिव गाउँले, नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार महासङ्घका प्रतिनिधि विष्णु सापकोटालगायतले सहमतिमै संविधान आउनुपर्ने र सबैको भावना र हकअधिकारको संरक्षण हुने खालको हुनुपर्ने विचार राख्नुभएको थियो ।