बिहिबार, चैत्र ९, २०७९

ठूलाबडाको सम्पत्ति खोज्दै अख्तियार

काठमाडौं मङसिर १९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक हजार जना ठूलाबडाको सम्पत्ति छानविन गरिरहेको तथ्य बाहिर आएको छ । सानातिना कर्मचारीलाई akither-ko-logo1मात्र कानुनी दायरामा ल्याएको आरोप झेलिरहेको अख्तियारले नेता, प्रशासक र अन्य उच्च पदस्थ एक हजार बढी व्यक्तिको सम्पत्ति छानविन गरिरहेको जनाएको छ ।

संसदको सुशासन समितिको शुक्रबार बिहान बसेको बैठकमा उपस्थित अख्तियार प्रमुख कार्कीले अख्तियारले साना माछामात्र नसमाइरहेको बताउँदै उच्च पदस्थ  व्यक्तिहरुको पनि सम्पत्तिमाथि छानविन भइरहेको बताए ।

अख्तियारले सय रुपैयाँ घुस लिनेहरुलाई पनि कानुनी दायरामा ल्याएको जनाउँदै अख्तियार प्रमुख कार्कीले साना ठूला कसैलाई नछाड्ने उल्लेख गरे । ‘भ्रष्टाचार सानो ठूलो भन्ने भन्दा यो प्रवत्तिको सवाल हो’, अख्तियार प्रमुख कार्कीले भने, ‘साना ठूला सबै भ्रष्टविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको छ । भ्रष्टाचार देशको विष हो । यसलाई अन्त्य गर्न अख्तियार प्रयासरत छ ।’