सोमवार, अशोज ८, २०८०

जलविद्युत क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको सम्भावना

काठमाडौ पौष ४, मुलुकमा उर्जा उत्पादन तथा प्रसारण विस्तारका लागि संशोधित उर्जा नीति पौष मसान्तसम्ममा पारित गर्ने तयारी उर्जा मन्त्रालयले गरेकोे जानकारी मन्त्रालयका सहसचिव केशवद्धाज अधिकारीले दिएका छन् । उक्त जानकारी उनले अर्थको अर्थ कार्यक्रम प्रसारक संस्था आइविएन _DSC0591मिडिया एण्ड रिसर्चले आयोजना गरेको जलविद्युत क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको सम्भावना विषयक गोष्ठीमा दिएका होे । जलविद्युत आयोजनाको निमार्ण स्वीकृति नै समस्या भएको भन्दै अब स्वीकृति, विद्युत खरिद सम्झौता तथा प्रसारण लाइन विस्तार लगाएतमा मन्त्रालय विचाराधिन रहको उनले बताए । निजी क्षेत्रले जलविद्युत निमार्णको स्वीकृत लिने तर विद्युत उत्पादन र प्रसारणबारे अध्ययन कम गर्न भएको निमार्ण स्वीकृति प्रक्रिया नै परिमार्जन गर्ने उनको धारणा रहेको छ । साथै उनले भारतसंग गरिएको विद्युत व्यापार सम्झौता र आयोजना विकास सम्झौता पछि नेपाल र भारत बिच अन्तरदेशिय प्रसारण लाइन निर्माण र प्राविधिक तथा वित्तीय समस्याहरुका बारेमा रणनीति आगामी ६ महिना भित्र निमार्ण गरिने बताए ।
यस्तै कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले अब विद्युत व्यापार सम्झौता र आयोजना विकास सम्झौताको कार्यन्वयनलाई थप प्रभावकारी बनाउने पर्नेमा जोड दिएका छन् । उनले भारतसंग गरिएको यी सम्झौता पछि अन्य मुलुक तथा दातृ निकार्यहरु पनि नेपालको जलविद्यूत विकासमा आकर्षित बन्दै गएको बताए ।साथै उनले तामाकोशी र माथिल्लो मस्र्याङ्दीको पनि आयोजना विकास सम्झौताको खाका तयार भएको जानकारी दिए ।
सोहि कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ईप्पानका अध्यक्ष खड्गबहादुर विष्टले उर्जा उत्पादन, प्रसारण तथा व्यापार प्रवद्र्धनका लागि नेपाल विद्युत प्राधिकरणको संरचनात्मक सुधार आवश्यक रहेको औंलाएका छन् । उनले विद्युतको बजार विस्तारका लागि निजी क्षेत्रको प्रवेश तथा विद्युत उत्पादकहरुको लगानीको सुरक्षाको प्रत्याभुति सरकारको जिम्मेवारी रहेको जनाउनु भएको छ । साथै नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समितिका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले जलविद्युत निमाण गर्दा स्थानियहरुको हित संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । तर हित संरक्षणको नाममा व्यापक राजनीतिक एजेण्डाका कारण लगानीकर्ताहरुको आकर्षणमा कमी आएको धारणा उनले दिए ।
कार्यक्रममा आर्थिक पत्रकार गोकर्ण अवस्थीले मुलुकमा लगानीको वातावरण सृजना हुँदै गएकाले छिमेकी मुलुकबाट हामीले फाइदा लिन पर्ने बताए । सोहि कार्यक्रममा सनिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले उर्जा क्षेत्रमा बैंकहरुले लगानी वृद्धि गर्न इच्छुक रहेको बताएका छन् । साथै बैंकहरुको लगानीलाई प्रतिफल मुखी बनाउन उर्जा नीतिलाई परिमार्जन गर्दै लगिनुपर्ने उनको धारणा रहेको छ ।
कार्यक्रमा मुलुकको उर्जा विकासका लागि स्वदेशी लगानीकर्ताहरुको साना तथा मझौला आयोजनाहरुमा लगानी वृद्धि भएपनि ठुला जलविद्युत आयोजना निमार्णमा वैदेशिक लगानी आवश्यक रहेको सहभागिहरु बताएका छन् । यस्तै कार्यक्रममा सहभागिहरुले मुलुकको व्यापार घाटा कम गर्न उर्जामार्फत सम्भव भएको र विदेशी लगानीकर्ताहरुको लगानी सुनिश्चीत गर्न डलरमा पीपीए गर्नपर्नेमा जोड दिएका छन् । कार्यक्रममा उर्जा क्षेत्रसंग सम्वन्धित सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।