सोमवार, चैत्र १३, २०७९

काँग्रेस, एमाले सहमति विरोधी भएको एमाओवादीको आरोप

काठमाडौं पौष १४, एमाओवादीको केन्द्रीय समितिको बैठकले संविधानका विवादित सवाल अन्र्तगत शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीयतामा दलहरुबीच तत्काल 1सहमतिको सम्भावना नरहेको निष्कर्ष निकाल्दै   आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सत्तारुढदल काँग्रेस एमाले सहमतिको पक्षमा नभएको आरोप सहित पार्टी प्रवक्ता दीनानाथ शर्माले आन्दोलनको तयारी गर्ने निर्णय गरेको बताउँनु भएका हो ।

प्रवक्ता शर्माका अनुसार तत्काल सहमतिको सम्भावना नभएका कारण संविधान लेखनका लागि दलहरूबीच हुने सहमतिको प्रयासलाई कायम राख्दै आन्दोलनको निर्णय गर्नुपरेको भन्दै संविधान निर्माणका बिषयमा यसअघि राख्दै आएको अडान कायम राख्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनु भएको छ ।

बैठकपछि सञ्चारकर्मीसङग करा गर्दै प्रवक्ता शर्माले आजको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण प्रस्तावमा छलफल नभई केन्द्रीय समिति बैठक आगामी माघ १५ गतेसम्मका लागि स्थगित जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930