सोमवार, चैत्र १३, २०७९

एक्कासी दम बढेपछि माओवादी अध्यक्ष वैद्य अस्पताल भर्ना,एउटै गाडी चढेर माधव र प्रचण्ड वैद्य भेट्न अस्पतालमा

काठमाडौ पौष १५, नेकपा माओवादीको राष्ट्रिय भेला सकिएलगत्तै स्वास प्रस्वासमा समस्या भएपछि नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना हुनु भएको छ । एक्कासी दम बढेपछि अध्यक्ष वैद्यलाई सोमवार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

 meet neta uml N cpumlयसैवीच नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यको स्वस्थ्यअवस्था बुझन नेकपा एमालेका नेता माधवकुमार नेपाल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै थापाथलीस्थित नर्भिक अस्पताल पुग्नु भएको छ । एउटै गाडी चढेर थापाथलीको नर्भिक अस्पताल पुग्नु भएका नेताद्दयले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको स्वस्थ्य अवस्थाका सम्बन्धमा जानकरी लिनु भएको थाहा भएको छ ।

प्रसङगवस नेता नेपाल प्रचण्डको गाडीमा चढेर त्यहाँ पुग्दै गर्दाको अवस्थालाई लिएर अस्पताल परिसरमा उपस्थित नेता तथा कार्यकर्ता वृतमा अनेकन चर्चा चलको भएपनि कुरोको चुरो भने बग्लै थियो । यससम्बन्धमा प्राप्त जानकारीअनुसार नेता नपाल संविधानका विवादित सवालमा निकासका पहिचान गर्न लष्यसहित प्रचण्ड निवास पुग्नुभएको थियो । त्यहाँ केहीबेर छलफल गरेपछि प्रचण्डले माओवादी अध्यक्ष वैद्य बिरामी भएर अस्पताल भर्ना हुनुभएको खबर सुनेकाले भेट्न जाने प्रस्ताव गदै थप कुरा गाडीमानै गन गरि गर्दा दुवै नेता प्रचण्डको गाडी चढेर नर्भिक अस्पताल पुगेको बताइएक छ ।  तस्बिर साभार : शिव खकुरेलको फेसबुकबाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930