शुक्रबार, बैशाख ७, २०८१

मुटु हल्लिने रोग एक जानकारी

काठमाडौं मङसिर ११,  मानव शरिरमा नियमित रुपले आफ्नै तालमा चलिरहने एक मात्र अङ्ग मुटु हो । मुटुको यो नियमित चाललाई ढुकढुकी भन्ने गरिन्छ । स्वस्थ मानिसमा प्रति मिनेट ६० दखि १०० पल्ट मुटु घड्किन्छ । हिसाब गर्दा थाहा हुन्छ कि मुटु १ दिनमा १ लाख भन्दा बढी पल्ट ढुकढुक गर��छ । यति धेरै पल्ट धड्किने भएता पनि साधारण अवस्थामा कुनै पनि व्यक्तिले मुटु धड्किएको थाहा पाउदैन । तर जब मानिसलाई दुःख पर्छ, डर त्राश 10708547_345163908999194_9223281287353313425_oउत्पन्न हुन्छ, खुशीले मन उत्तेजित हुन्छ तब एकाएक मुटु बेस्सरी धड्किएको अनुभव हुन्छ । यसैबाटै थाहा हुन्छ कि मुटुको ढुकढुकीको सम्बन्ध मानिसको मन र मस्तिष्क सँग छ । मन र मस्तिष्क उत्तेजित भएको अवस्थामा मुटुको ढुकढुकीको अनुभव मानिसले गर्दछ । यस बाहेक मुटुको धड्कनका धेरै प्रकारका खराबीहरु छन् जसका कारण मुटुको ढुकढुकीमा गडबडी आउँछ र मानिसले आफ्नो मुटु छाती भित्र बेस्सरी हल्लिएको अनुभव गर्दछ ।

केहि दिन अगाडी मात्रको कुरा हो मेरा एक जना व्यापारी मित्र एकदम भयवित मुद्रामा हस्याङ्ग फस्याङ्ग गर्दै मेरो क्लिनिकमा आईपुगे । उनले आफ्नो दायाँ हातलाई छातीको बिच भागमा राखेर लामो लामो सास फेर्दै मलाई भने “हेर्नोस्न, हार्ट अट्याक भयो कि क्या हो, मेरो मुटु बेस्सरी हल्लिरहेछ, मुटु ढुकढुक गरेको सुनिरहेछु, डर लागिरहेको छ, मन आत्तिरहेको छ, निद्रा पटक्कै लाग्दैन, ओछेनमा पल्ट्यो कि मनमा नानाथरी कुराहरु खेल्न थाल्छन्, छाती भारी भएर आउँछ अनी मुटु ढुकढुक गरेको ठूलो ठूलो आवाज सुन्छु ।” मैले तुरुन्तै उनको ई. सि. जि. परीक्षण गरिदिए । रिपोर्ट विलकुलै नर्मल थियो । ब्लड प्रेसर भने केहि बढेको थियो । मैले उनलाई सम्झाए “आत्तिनु पर्दैन, तपाईलाई हार्ट अट्याक भएको छैन, यो मानसिक तनावसँग सम्बन्धित मुटु हल्लिने रोग हो जसलाई हामी एञ्जाइटी ९ब्लहष्भतथ० भन्दछौ । तपाईलाई ठूलो चिन्ता परे जस्तो छ यसकारण मुटु बेस्सरी हल्लिएको हो । टेन्सनले गर्दा मुटु हल्लिएको अनुभव भएको हो । बास्तवमा तपाईको मुटुको अवस्था एकदम ठीक छ । टेन्सन हटेपछि, मन शान्त भए पछि मुटु हल्लिएको आफै ठीक हुन्छ ।” मेरो कुरा सनेपछि उनले चित्त बुझाए । एउटा ब्यापारमा ठूलो घाटा सहनु परेको हुनाले उनलाई मानसिक तनाव भएको रहेछ । अनी चिन्ताले एकाएक, छाती भारी हुने, छट्पटी हुने र मुटु हल्लिने भएको रहेछ ।

मुटु हल्लिने सिकायत लिएर मुटु रोग विशेषज्ञ कहाँ जँचाउन आउने बिरामीहरुको संख्या दिन दिनै बढ्दो छ । यसको प्रमुख कारण समाजमा अशान्ती, असुरक्षा, दुःख, घाटा, झगडा, फटाई आदी बढ्नु हो । मानसिक तनाव यसको उपज हो । यो आधुनिक जीवनशैलीको नतिजा हो । मानिसको जीवनशैलीमा व्यापक परिवर्तन भै राखेको छ । विश्व स्वास्थ्य संघले भविष्यबाणी गरे अनुसार सन् २०२० सम्ममा विश्वमा ३ वटा प्रमुख हत्याराहरु हुनेछन् ।
ति हुन् : मुटुको रोग (हृदयाघात), सडक दुर्घटना र मानसिक तनाव (डिप्रेसन) । हामीले मानसिक तनावबाट उत्पन्न हुने समस्याहरुलाई हलुका संग लिने गर्दछौ । टेन्सनले भएको हो, आफै ठीक भएर जान्छ भनि आस्वासन दिने गर्दछौ । तर यस्तो तर्क र आश्वासनले अब हुदैन किनकी त्यो दिन अब टाढा छैन जब मानसिक तनावले गर्दा मानिसहरु भटाभट मर्न थाल्नेछन् । मानसिक तनावले मुटु हल्लिने गराए जस्तै अन्य धेरै प्रकारका रोगहरु निम्त्याउँदछ जस मध्ये उच्च रक्तचाप, मधुमेह, हृदयाघात, पक्षाघात, डिप्रेसन, पेट र आन्द्राको अल्सर आदी प्रमुख हुन् ।

मेरो एक जना पारस नाम गरेका ५ बार्षिय बालक बिरामी छन् । आफ्नी आमासँग महिनै पिच्छे म कहाँ मुटु जचाउन आइराख्छन् । उनको समस्या पनि मुटु हल्लिने नै हो । ५ वर्षको बालकलाई के को मानिसक तनाव होला र ! तैपनि उनको मुटु बेला बखत बेस्सरी धड्किने गथ्र्यो केहि बर्ष अगाडी सम्म । मानसिक तनाव रोगी बालकलाई होइन उनका बाबु आमालाई प¥यो । पारसको मुटु हल्लिएको बेलामा ई. सि. जि. परीक्षण गर्दा उनको मुटु १ मिनेटमा २०० पल्ट धड्किएको फेला प-यो । बढीमा प्रति मिनेट १०० पल्ट धड्किनु पर्ने छोराको मुटु २०० पल्ट धड्किए पछि आमा बाबुलाई टेन्सन किन नहोस् । तुरन्तै आई. सि. यू. मा भर्ना गरि सुई लगाए पछि बल्ल मुटुको धड्कन घटेर १०० मा आयो । नियमित औषधी सेवन गर्दा गर्दै पनि फेरि उसको मुटु हल्लिने समस्या कायमै रह्यो । पारसलाई दिल्ली पठाएर उनको मुटुको तरङ्गहरुको परीक्षण गराई विद्यूतीय करेन्टद्वारा मुटु भित्रका तरङ्गहरुलाई रोक्ने उपचार गरेपछि, बल्ल उनलाई ठीक भयो । अब औषधी सेवन गरेर बस्दा उनको मुटु हल्लिएको छैन । मुटु भित्र करेन्ट पठाएर उनको मुटु हल्लिने रोगको उपचार गर्नु प¥यो । यस कारण मुटु हल्लिने जती सबै टेन्सनले गर्दा हो भनि निस्कर्ष निकाल्नु हुँदो रहेनछ भन्ने प्रष्ट सँग देखियो ।

मुटु हल्लिने समस्याका विभिन्न कारणहरुबारे अरु थुप्रै उदाहरणहरु दिन सकिन्छ । एकजना मेरा ईञ्जिनियर साथीको, पिकनिक मनाई रहेको बेलामा बेस्सरी मुटु हल्लिएर आयो र दम पनि बढ्यो । छाती भित्र मुटुले ड्याङ्ग«ो ठोकेको अनुभव गरेपछि उनी तर्सिए । मरि पो हाल्छुकी जस्तो उनलाई लाग्यो । त्यसपछि तत्काल तिनी अस्पतालको इमञ्जेन्सीमा उनी पुगे । ई. सि. जि. परीक्षण गरेर हेर्दा मुटुको चाल एकदमै गडबड र छिटो (बेतालसँग छिटो) भएको फेला प-यो । यस्तो अवस्थामा पक्षाघात हुन सक्ने खतरा भएको हुनाले उनलाई सि. सि. यू. मा भर्ना गरियो, रगत पातलो पार्ने सूई लगाइयो र मुटुको चाल ठीक पर्ने सूई लगाइयो । यस्तो उपचारबाट पनि उनको मुटुको ढुकढुकीको गडबडी ठीक भएन । अब उनलाई मुटुमा विद्युतिय झड्का दिने निधो गरि मुटुको माथी छातीमा विद्युतिय झड्का दिने यन्त्र राखि २०० व्यगभिक को विद्युतिय झड्का दिइयो । यसपछि मुटुको चाल ठीक भयो । पिकनिकमा उनले प्रशस्त रक्सी पिएका रहेछन् । रक्सीले गर्दा उनको मुटु बेतालसँग छिटो छिटो चलेको रहेछ । यस्तो अवस्थालाई मुटु रोग विशेषज्ञहरुले ज्यष्मिबथ ज्भबचत क्थलमयmभ भन्ने गरेका छन् । यो ‘छुट्टीमा’ धेरै रक्सी पीउदा आई पर्न सक्ने आकस्मिक अवस्था हो । यस प्रकार मुटु हल्लिने समस्या धेरै व्यक्तिलाई भएको भेटिन्छ र यसका विविध कारणहरु छन् । के हो त यो मुटु हल्लिने रोग ? कति खतरनाक छ यो समस्या ? यसबारे केहि चर्चा गरौं ।

मुटु एकमात्र यस्तो अङ्ग हो जो दिमागको नियन्त्रणभन्दा बाहिर छ र यो आफ्नै शक्तिद्वारा धड्किन्छ । स्वचालनको शक्ति भएको हुनाले नै दिमाग मरिसकेपछि पनि मुटु धड्किरहेको हुन्छ । हिन्दु परम्परा अनुसार मुटुको धड्कन बन्द नहुँदा सम्म मानिसलाई मृत घोषित गरिदैन । यसकारण कहिले काहि यस्तो अवस्था आईपर्छ कि दिमाग मरिसकेको तर मुटु चलिरहेको बिरामीलाई अस्पताल मै राख्ने कि घाटमा लग्ने निर्णय गर्न नसकि अस्पतालकै आई. सि. यू. मा महिनौ सम्म राख्नु पर्ने बाध्यता हुन्छ । यस्ता रोगीहरुलाई पुनर्जीवित पार्न त पक्कै सकिदैन तर मुटुको धड्कनलाई बर्षौ सम्म चलाई राख्न भने सकिन्छ । यो मुटुको धड्कनको एउटा विशेषता हो । मुटुलाई धड्काउने तरङ्गको उत्पत्ति मुटुको माथिल्लो भागको दायाँ क्षेपक कोष्ठ ९चष्नजत ब्तचष्गm० भित्रको क्ष्लगक लयमभ मा हुन्छ । यस ठाउँमा स्वचालित रुपले विद्युतिय तरङ्गको उत्पत्ति भएपछि विशेष प्रकारका सञ्चार बाटोहरु बाट यो मुटुको सम्पूर्ण भागमा भिजिन्छ र मुटुलाई धड्काउँछ । यस्ता तरङ्गहरु प्रति मिनेट ६० देखि १०० वटासम्म उत्पन्न हुन्छन् । साधारण अवस्थामा प्रत्येक २ वटा तरङ्गका झड्काहरुको बीचको समय बराबर हुन्छ र जब यि तरङ्गहरु छिटो ढिलो उत्पन्न हुन थाल्छन् तब मुटुको धड्कन पनि छिटो ढिलो हुन थाल्छ । मुटुको धड्कन ढिलोमा प्रति मिनेट ४० सम्म र छिटोमा १२० सम्म भएका मानिसले कुनै अप्ठेरोपन अनुभव गर्दैन । यदि धड्कन प्रति मिनेट ४० भन्दा कम भयो भने चक्कर लाग्ने, बेहोस हुने हुन्छ भने १२० भन्दा बढी भयो भने मुटु हल्लिएको अनुभव हुन्छ । यदि मुटुको धड्कन सामान्य (६० देखि १०० प्रति मिनेट) हँुदा पनी कसैले मुटु हल्लिएको अनुभव गर्दछ भने यो मानिसक तनावको कारणले हुन सक्छ । कहिले काहि मुटुको चालको बीच बीचमा अतिरिक्त धड्कनहरु ९भ्हतचब द्यभबतक० पनि उत्पन्न हुन सक्छन् । यस्ता अतिरिक्त धड्कनहरुले गर्दा पनि मानिसले मुटु हल्लिएको अनुभव गर्दछ । यो पनि रोगकै अवस्था हो ।

मुटु जुनसुकै कारणले गर्दा हल्लिएको भएता पनि यसको उपचार तत्काल गर्नु पर्छ । मुटु हल्लिएको कारण पत्ता लगाउन ई. सि. जि. परीक्षण गर्नु पर्दछ । कहिले काहि २४ घण्टे ई. सि. जि. (हल्टर) परीक्षणको पनि आवश्यकता पर्दछ । मुटु हल्लिएको कारण पत्ता लागे पछि उपचार गर्न सजिलो हुन्छ । मुटु हल्लिने रोगको कारण मानिसक तनाव मात्रै हो भन्ने भ्रममा बस्नु हुँदैन । क्लिनिकमा वा अस्पतालमा मुटु हल्लिने लक्षण लिएर जचाउन आउनेहरु मध्ये ५०% भन्दा बढीलाई मानसिक तनाव भएको फेला पर्दछ । तैपनि यस्ता सबै रोगीहरुको ई. सि.जि. परीक्षण अनिवार्य रुपमा गराउन पर्दछ साथै अन्य परीक्षणहरु आवश्यकता अनुसार गराउनु पर्दछ । मुटु हल्लिने लक्षण भएकाहरुमध्ये १०% रोगीहरुलाई आकस्मिक सेवाको आवश्यकता पर्दछ किनकी यसबाट पक्षाघात, हृदयाघात, हार्टफेल जस्ता गंभिर खतराहरु उत्पन्न हुन सक्दछन् । कतिपय अवस्थामा रोगीको मृत्यु पनि हुन सक्छ । यसकारण मुटु हल्लिने भएमा तत्काल परीक्षण गराउनु पर्दछ । मुटु हल्लिने रोगको उपचार सुविधा हाल नेपालमै उपलब्ध छ । डाक्टरले गर्ने उपचार बाहेक बिरामीले केहि कुराहरुमा ध्यान पु-याउनु जरुरी हुन्छ । मानसिक तनाव, रक्सी, बढी चिल्लो, कफि, सुपारी, पान पराग र सूर्तिले मुटु हल्लिने रोगलाई बढाउँदछ यसकारण यस्तो समस्या भएकाहरुले यि चिजहरुलाई जति सक्यो टाढा राख्नु पर्दछ ।

१. मुटुको चाल
चाल प्रति मिनेट लक्षण कारण
६० देखि १०० सामान्य सामान्य
४० देखि ६० कमजोरी हुने तरङ्ग उत्पादनमा कमि
४० भन्दा कम चक्कर लाग्ने, बेहोस हुने हार्ट ब्लक
१००–१५० मुटु हल्लिने तरङ्ग उत्पादनमा तेजी
१५० भन्दा बढी मुटु हल्लिने, दम बढ्ने छातीभारी हुने
तरङ्गको उत्पादन र सञ्चारमा गडबडी

२. मुटु हल्लिएको अनुभव हुने अवस्थाहरु
१. मानसिक तनाव
२. बेतालसँग मुटु धड्किने (Atrial Fibrillation)
३. मुटुको नियमित चालको साथमा अतिरिक्त धड्कन आउने (Extra systole)
४. कण्डग्रन्थी (गलगाँड) को रोग (Hyperthyroid))
५. मुटु छिटो चल्ने (प्रति मिनेट १००–१५० सम्म)
६. मुटु धेरै छिटो चल्ने (SVT, VT) प्रति मिनेट १५० भन्दा बढी
७. अन्य

३. मुटु हल्लिने रोगको परीक्षणहरु
१. ई. सि. जि. – मुटुको धड्कन र सञ्चार हेर्ने
२. होल्टर (Holter)– २४ घण्टा मुटुको धड्कन यन्त्रमा भर्ने र पछि त्यसको (computer analysis ) गर्ने
३. ईपी टेष्ट (Electro physiology test)– )– क्याथ ल्याव जसलाई यो परीक्षण गर्दा इपी ल्याब भनिन्छ, भित्र विशेष यन्त्रहरुद्वारा विरामीको रक्तनलीबाट तार मुटुसम्म पठाई त्यहाँ उत्पन्न हुने मुटुको तरङ्गहरु र तरङ्ग सञ्चार पद्धति बारे परीक्षण गर्ने ।

Medicine TODAY बाट

लेखक:  नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31