शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपति यादवद्दारा सार्क राष्ट्रका राष्ट्राध्यक्षको सम्मानमा रात्रिभोजको आयोजना

rastapati office

केहि राष्ट्राध्यक्ष भ्रमण छोट्याएर आजै स्वदेश फर्कर्दै

काठमाडौं मङसिर ११,  १८औं सार्क सम्मेलनमा भाग लिन आउनुभएका सार्कराष्ट्रका प्रमुखहरुमध्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्ष र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ आजै राति फर्किने भएपछि राष्ट्रपति रामवरण यादवले उहाँहरुको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजको समय एक घण्टा अघि सारिएको छ ।
यसरी सार्क राष्ट्रका राष्ट्राध्यक्ष भ्रमण छोट्याएर आजै फर्किने भएपछि भोज एक घण्टा अघि सारिएको राष्ट्रपति निवास स्रोतले जनाएको छ । राष्ट्रका सरकार प्रमुखहरु सार्कको समापन समारोहमा सहभागी भएर सोझै शीतल निवास रात्रि भोजमा सहभागी हुने कार्यक्रम तय भएको बुझिएको छ ।