शुक्रबार, बैशाख ७, २०८१

प्रम कोइरालाद्दारा पानसमा बत्ती बालेर सम्मेलनको औपचारिक उद्धघाटन

नेपालले सार्क अध्यक्षको जिम्मेवारी ग्रहण पछि सुरु भयो सार्कको १८ औं शिखर सम्मेलन

काठमाडौं मङसिर १०, १८ औं सार्क शिखर सम्मेलनको औपचारिक उदघाटन भएको छ । ‘शान्ति र समृद्धिका लागि गहन सम्मलन भन्ने नाराका

saarcसाथ आजदेखि राजधानीमा सुरु भएको सम्मेलनको औपचारिक उदघाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नु भएको हो । यसअघि माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन अब्दुल गैयुमले सार्कको अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नु भएपछि प्रम काइरालाले पानसमा बत्ती बालेर सम्मेलनको उदघाटन सहितको स्वागत भाषण गर्दै सार्कका सदस्य राष्ट्रका सबै मुलककका कार्यकारी प्रमुख सहित अन्य पाहुनाहरुको स्वागत गर्नु भएको थियो ।

अब यसपछि पालैपालो सार्क राष्ट्रका सरकार र राष्ट्र प्रमुखले सम्मेलनमा सम्वोधन गर्नेछन् भने त्यसपछि पर्यवेक्षक मुलुकका प्रतिनिधिले सम्वोधन गर्नेछन् भन आजै सदस्य राष्ट्रहरुवीच विभिन्न सम्झौतामा हस्ताक्षर गर्दै दिउँसो २ बजेर ५० मिनेटमा आजको कार्यक्रम समापन हुने बतइएको छ।
त्यस्ैगरि सम्मेलनले भोली काठमाडौँ घोषणापत्र जारी गर्नेछ । सम्मेलनमा चीन, अमेरिका, दक्षिण कोरिया, मोरिसस, युरोपियन युनियनलगायत नौवटै पर्यवेक्षक मुलुकका प्रतिनिधि पनि काठमाडौँ आएका छन् ।

नेपालले १३ वर्षअघि २०५८ पुस २१–२२ मा ११ औँ शिखर सम्मेलनको आयोजना गरेको थियो भने पहिलोपटक २०४४ कात्तिक १८–२० मा पहिलोपटक तेस्रो शिखर सम्मेलन आयोजना गर्ने अवसर पाएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31