सोमवार, चैत्र १३, २०७९

सबै नेपालीले आफ्नो महशुस गर्ने संविधान निर्माण गर्न प्रम मोदीको आग्रह (फोटो र भिडियो सहित)

काठमाडौ मङसिर ९, संविधान निमार्णका सवालमा नेपालका राजनीतिक दलहरुबीच गतिरोध कायम रहेको बेला सार्क सम्मेलनका लागि नेपाल modi-Turama-center-healthआउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै नेपालीले आफ्नो महशुस गर्ने संविधान निर्माणको लागि नेपाल सरकार तथा नेपाली राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ। नेपाल आए लगत्तै भारतीय सहयोगमा निर्माण भएको ट्रमा सेन्टरको उद्धघटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै मोदीले यस्तो अभ्व्यिक्ति दिनुभएको हो ।  सहमतिका आधारमा नेपालमा छिटोभन्दा छिटो संविधान बन्नुपर्ने धारणा व्यक्त गर्दै प्रम मोदीले नेपालमा जति सक्यो चाँडो र सहमतिको संविधान देख्न चाहेको र त्यो संविधान निर्माणको प्रक्रिया सङ्ख्याका आधारमा नभई सहमतिका आधारमा संविधान बनाउन नेपालका सबै राजनीतिक दलका नेतासँग आग्रह गर्नुभएको थियो ।

त्यस्तै उहाँले जलविद्युत् क्षेत्रअन्तर्गत ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना र ९०० मेगावाटकै अरुण तेस्रो आयोजना तथा पञ्चेश्वर विकास आयोजनाको काम पनि सम्पन्न भएको बताउँदै ऊर्जा व्यापार सम्झौता, प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । प्रधानमन्त्री मोदीले यसअघि घोषणा भई नेपाललाई भारत सरकारले कम व्याजदरमा उपलब्ध गराउने भनेको रु एक खर्ब प्रदान गर्न लागिएको पनि बताउनुभयो ।

प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा थप विस्तार गर्ने उद्देश्यले युवा आदानप्रदान कार्यक्रम प्रारम्भ भएको, विद्युतीय पुस्तकालयको स्थापनाको अवधारणा सुरु भएको, नयाँ दिल्ली– काठमाडौंँ सिधा बस सेवा सञ्चालन गरिएको र ती कार्यक्रमका माध्यमबाट दुई देशबीचको जनस्तरको सम्बन्ध विकास र विस्तारमा सहयोग पुग्नाका साथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

द्विपक्षीय सम्बन्धको घनिष्ठताका कारण नै सुरक्षा जस्ता संवेदनशील क्षेत्रमा सहयोगको आदानप्रदान गर्न सकिने प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपाली सेनालाई हेलिकोप्टर प्रदान र प्रहरी तालिम केन्द्रका लागि गरिएको सहयोग यसका उदाहरण एका बताउँनु भएको थियो । उहाँले भारतबाट नेपालमा गरिने टेलिफोन सम्पर्कको महसुल महँगो भएको गुनासो निकै मात्रामा आएकाले हालैमात्र सो महसुलमा कम्तीमा पनि ३५ प्रतिशत कम गरिएको जानकारी दिदै यसअघि नेपालमा रु ५०० र रु एक हजार दरका भारतीय नोट प्रतिबन्धित रहेकामा हालैमात्र सो प्रावधानमा संशोधन गरी रु २५ हजार रूपैयाँसम्मका लागि छुट दिइएको जानकारी पनि सोही अवसरमा उहाँले दिनुभयो । त्यस्तै त्यस अवसरमा नेपालमा व्यावसायिक कृषि प्रणालीको विकासका लागि घुम्ती माटो परीक्षण प्रयोगगशाला पनि सहयोगस्वरूप उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31