बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति डा यादव र भारतीय प्रम मोदीबीच शिष्टाचार भेटवार्ता

1416922026242_PRO_KTM_President_Indian-PM-Narendra-Modhi-Meet-1काठमाडौ मङ्सिर ९, सार्कको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन आजै काठमाडौँ आयपुग्नु भएको भारतीय प्धनमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति डा रामवरण यादवसँग आज साँझ शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी हित, साझा चासो र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कशिखर सम्मेलन विषयमा केन्द्रित थियो । सो अवसरमा भारतीय विदेशमन्त्री सुषमा स्वराज तथा राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो ।