बिहिबार, बैशाख १३, २०८१

सत्ताधारीदल बहुमतको खेलमा लागेको अध्यक्ष प्रचण्डको आरोप

काठमाडौं मङसिर २,     नेपाल पत्रकार महासङघले निधारित मितिमानै   संविधान निर्माणका लागि दबाब दिने उद्देश्यले (२०७१ माघ ८ गतेभित्रै ) संविधान जारी गर्न  सञ्चालन गरेको तीन महिने विशेष अभियानअन्तर्गत  आज बिहान बुझाएको ज्ञापनपत्र बुझ्दै एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलहरूबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएका सहमति 10388557_10205114496240448_8387507865495053579_nतथा सम्झौतालाई लत्याएर सरकारमा रहेका दलहरू अगाडि बढ्न खोजेका कारण समस्या सिर्जना भएको बताउँनु भएको छ । त्यस्तै  उहाँले सत्ताधारीदल नपाली काँग्रस नकपाएमालले सहमतिको प्रक्रियालाई अगाडि बढाउने भन्दा पनि पछिल्लो दिनमा अङ्क गणितको दम्भ प्रदर्शन   गर्दै सहमतिभन्दा पनि बहुमतको खेलमा लागेको  आरोप  लगाउँनु   भएको छ ।

 प्रचण्ड निवास लाजिम्पाटमा  नेपाली जनतासङग गरेको बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने मूल आह्वानसहित सुरु गरेको तीन महिने विशेष अभियान अन्र्तगत   महासङघका अध्यक्ष डा महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शान्ति प्रक्रियालाई पूर्णता दिन र परिवर्तनका एजेण्डा संस्थागत गर्न दलहरूको जिम्मेवारी रहेको औंल्याउँदै र ०६२/०६३ को आन्दोलन, सशस्त्र संघर्ष र अन्य आन्दोलनले स्थापित गरेका मान्यतालाई आत्मासात गर्दै शान्तिप्रक्रियालाई पूर्णता दिन प्रमुख दलहरुबीच सहमति जुटाई नयाँ संविधान जारी गर्न महासङघले आग्रह गदै गर्दा   एमाओवादी अध्यक्ष प्रचण्डले  यस्ता अभिव्यक्ति दिनु भएको हो ।

साथै ज्ञापनपत्र बुझाउँन गएका महासङघ  प्रतिनिधिमण्डल माझ  अध्यक्ष  दाहालले – ‘१२ बुँदे सहमतिका आधारमा संविधानसभाबाट सहमति गरेर संविधान जारी गर्ने हाम्रो प्रयास जारी रहेको  यद्यपी  आइतवार   साँझसम्म आइपुग्दा पनि सहमति जुटन नसकेको  अवस्थामा   महासङघले जुन अभियान थालनी गरेको छ यो आफैमा सरहानीय काम भएका भन्दै    प्रदेशको संख्यामा भन्दा पहिचान सहितको संघीयता हुने कि नहुने भन्नेमा विषयमा सहमति जुटन नसकेको बताउनुभयो ।  त्यस्तै ‘प्रदेश संख्या के कति हुने भन्नेमा असहमति होइन । पहिचान सहितको संघीयता हुने कि नहुने भन्नेमा विवाद हो । परिवर्तनको एजेन्डा पहिचान सहितको संघीयता र मिश्रित निर्वाचन प्रणाली हामीले छोड्न सक्दैनौं भन्दै मुख्य गरी कांग्रेस र एमालेले दुई तिहाई बहुमतका आधारमा पेलेरै जान खोजेका र यसले दर्घटना निम्त्याउँने अभिव्यक्ति दिनु  भएको महासङघद्दारा जारी विज्ञप्तिमा उल्लेख  रहेको छ।

त्यस्तै  विज्ञप्तिमा हरेक परिवर्तनको आन्दोलनमा पत्रकारहरूले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै दाहालले संविधान निर्माणका लागि ऐतिहासिक भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो । त्यस अवसरमा  दाहालले देशको चिन्ता लिएर महासङघले अभियान शुरू गरेकोमा पार्टीका तर्फबाट धन्यवाद दिनु भएका  उल्लख गर्दै   महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष विष्टका अतिरिक्त उपाध्यक्षद्वय खिलबहादुर भण्डारी, अनिता बिन्दु, महासचिब उजिर मगर, सचिवद्वय संगिता खड्का र ध्रुब लम्साल सहित केन्द्रीय सदस्य र लेखा समिति सदस्यहरुको सहभागिता महासङघका महासचिव उजिर मगरद्दारा   जारी विज्ञप्त्मिा उल्लेख गरिएकोछ ।