शनिबार, बैशाख ८, २०८१

मङसिर ८ बाट उपत्यकामा गुड्ने गाडीमा जोर–बिजोर प्रणाली

काठमाडौं मङसिर २,  आसन्न सार्क शिखर सम्मेलनको क्रममा आगामी मङसिर ८ गत दखि १२ गत सम्म् पाँच दिन उपत्यकामा जोर–बिजोर imagesनम्बरका आधारमा सवारी साधन चलाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रस्तावित मितिमा तीन दिन जोर र दुई दिन बिजोर नम्बरका मात्र गाडी चलाउन दिइने जनाएको छ ।

महाशाखाका अनुसार ८, १० र १२ गते जोर नम्बरका गाडी मात्र चल्न दिइनेछ । त्यस्तै, ९ र ११ गते बिजोर नम्बरका गाडी मात्र चलाउन दिइने बुझिएको छ । त्यस्तै सरकारी, प्रेस, कूटनीतिक र अत्यावश्यक सेवाका सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू नहुने ट्राफिक महाशाखाले जनाएको  छ।

यसवीचमा जोर–बिजोर प्रणाली नमान्नेको सवारीसाधन नियन्त्रणमा लिइने जनाउँदै ट्राफिक प्रहरीले जोर–बिजोर प्रणाली गाडी, मोटरसाइकललगायत नम्बर प्लेट हुने सबै सवारीसाधनमा लागू हुने बताएको छ।