शुक्रबार, चैत्र १७, २०७९

भारतमा आएको परिवर्तनको असर नेपालमा पनि पर्छ : पूर्वराजा ज्ञानेन्द्र

“पूर्वराजा ज्ञानेन्द्र शाहको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत हिन्दू धर्मगुरु र भारतीय सेना अध्यक्ष दलवीर सिंहसङग गोप्य रुपमा भेटघाट”

काठमाडौं मङसिर १, / सुनिल शर्मा  भारत भ्रमण् गएका पूर्वराजा ज्ञानेन्द्र शाह आज साँझ नेपाल फर्कनु भएको छ । भारतीय जनता पार्टी का अध्यक्ष अमित शाहको गोप्य   निमन्त्रणामा  नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत हिन्दू धर्मगुरु र भारतीय सेना अध्यक्ष दलवीर

10342965_757410084313969_2256425204143942405_nसिंहसङग गोप्य रुपमा भेटघाट गर्नु भएको छ । होटेल लीला प्यालेसमा बस्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाहको यो भ्रमण् अत्यन्तै सफल रहेको भाजपा श्रोतले बताएको छ । नेपालमा संबिधान नबन्ने निष्कर्षमा भारतीय दल र सुरक्षा निकाय पुगेका छन ।

भाजपाका अध्यक्ष अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको स्थाइ मित्रशक्ति भनेको राजा र राजसंस्था भएको स्मरण राजा ज्ञानेन्द्र सङगको भेट्मा गर्नु भएको थियो । भारत पुगेका पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत अमित शाहले राजा सङग मिलेर जानुको बिकल्प नरहेको भन्दै टू पिल्लर सिस्टममा फर्कर्न सुझाव दिएको कुरा भाजपाका एक वरिष्ठ नेताले यस् सम्वाददातालाई टेलिफोनमा बताएका छन ।

नयाँदिल्लीबाट दश दिने भ्रमण सकेर काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्रले भारत भ्रमण् बारे छोटो प्रतिकृया दिदै भन्नु भयो भारतमा आएको परिवर्तनको असर् नेपालमा पर्ने छ । राजसंस्था आवश्यक छ छैन भन्ने कुरा नेपाली जनता कै जिम्मामा आफुले छोडेको बताउदै हिन्दूराष्ट्र नेपाल र नेपालीको पहिचान हो । मैले आफुलाई कहिल्यै भगवान भनेको छैन उहाँले भन्नु भयो ।

मुलुकको बर्तमान परिस्थिती बारे चिन्तित रहेका पूर्वराजा ज्ञानेन्द्रले सम्वैधानीक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको बिकल्प नरहेको र आफुले यसको बिकल्प खुल्ला राखेको बताउँदै आफू बिल्कुल स्वस्थ रहेको बताए । त्यस्तै उहाँले अवका दिनमा राष्ट्रका लागि योगदान पुर्याउने मनस्थिती रहेका बताउँदै आफ्नो भारत भ्रमण फलदायी रहको भन्दै प्रस्तुत भ्रमणबाट निकै उत्साहित दखिएका पूर्वराजा ज्ञानेन्द्रको धैर्यता सहनसिलता एवम् र अभिब्यक्तिलाईलाई बिश्लेषहरुले नेपालमा अर्को राजनैतीक उतारचढावका प्रारुपका प्रारम्भिक विन्दु भएको विष्लेषण गरेका छन् । यसैवीच एकातर्फ माघ ८ मा संबिधान जारी नहुने प्राय निश्चित देखिएको छ भने अर्कातर्फ संविधान बने पनि नबने पनि यसवीचमा दखिएका घटनाक्रमले आन्तरिक कलहको सम्भावनालाई उत्तिकै बल प्रदान गरेको बिश्लेषकहरुको दावा रहको छ ।

यसैवीच  शेर बहादुर देउवा को भारत भ्रमण् लाई अर्थ पूर्ण मानिएको छ । देउवाको भ्रमणलाईसार्थक तुल्याउन कांग्रेस माहसमिती सदस्य कुमुद लोहोनीले अमित शाह लगायत भाजपा का नेता र सुरक्षा अधिकारीहरुलाई ब्रिफ गर्नु भएको छ । लोहोनीले नेपालमा सम्बधानीक राजतन्त्र बहुदलीय प्रजातन्त्र र हिन्दू राष्ट्रका पूनबहालीको पक्षमा उच्चस्तरिय लविङ गर्दै आउनु भएको छ । उहाँसङग हिजो आईतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार र राजनैतीक सल्लाहकारहरुले गोप्य भेट गरेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31