बिहिबार, बैशाख ६, २०८१

काँग्रेस र एमालेको प्रस्ताव एमाओवादीद्दारा अस्विकार 

11103काठमाडौँ मङ्सिर १, सत्ताधारीदल नेपाली काँग्रेस र नेकपा (एमाले)ले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत गरेको साझा प्रस्तावलाई अनुमोदन गरेर संविधानसभामा लैजान गरेको आग्रहलाई एमाओवादीले ठाडै अस्वीकार गरेको छ । संविधानका विवादित सवालमा सत्ताधारीदल आफ्नो प्रस्तावमा उपयुक्त भएकोअडान सहित छलफलका लागि अघि बढाउनुपर्ने पक्षम छन भने एमाओवादी उक्त प्रस्ताव कुनै पनि हालतमा संविधानसभामा छलफलका लागि नपठाउने पक्षमा देखिएको अवस्थामा विवादित प्रसङगमा सहमति बनाउँन संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको सहजकिरणमा उहाँकै कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा काँग्रेस र एमालेले नयाँ संविधानको अन्तर्वस्तुमा सहमति कायम गर्न र सङ्घीयताका विषयलाई निष्कर्षमा पु-याउन सहमति समितिमा पेस गरेको प्रस्ताव उपयुक्त भएको जिकिर गर्दै प्रस्तावमा सहमतिमा आउँन आग्रह गदैगर्दा प्रस्तुत आग्रहलाई एमाओवादी पक्षले अस्वीकार गरेको हो ।

संवद समितिको आज बस्ने बैठकको पूर्व छलफल स्वरु भएको आजको बैठकमा काँग्रेसका तर्फबाट सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा बाबुराम भट्टराई उपस्थित रहेको थियो ।