सोमवार, चैत्र ६, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने- खुमबहादुर खड्काजीको मुद्दामा मेरो पूर्ण सर्मथन छ

काठमाडौं मंसिर १, तीनदलिय सिण्डिकेटमा संविधानसभा फसेको अवस्थालाई मुख्य समस्या रहेको बताउँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले साना दलहरुलाई निषेध गर्दै अन्य दलहरुको एजेण्डाको सुनुवाई हुन नसकेको आरोप लगाउँनु भएको छ ।  त्यस्तै उहाँले मुलुकको संविधानसभाको अन्तरवस्तुमा अन्तर्राष्ट्रिय समुदाय तट्स्थ वस्नुपर्ने धारणा राख्दै देश दौडाहमा निस्केका छन् । आसन्न उनको रथ यात्राको तयारीका सन्र्दभमा मध्य तथा सुदुर पश्चिमको भ्रमणमा भेटीएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासङग www.kantipurhotline.com कालागि पत्रकार बसन्त शर्माले गरेको कुराकानीको सारसंक्षेप ।

देश दौडाहमा हुनुहुन्छ,मुख्य लक्ष्य के हो तँपाइको ?
पूर्ण धार्मिक स्वतन्त्रता सहितको संविधान जारी गराउने हाम्रो पार्टीको मुख्य लक्ष्य हो ।

संविधान सभामा तँपाइहरुको पार्टीको भूमिका त निर्णायक छैन नि,कसरी तँपाइको लक्ष्य हाँसिल होला र ?
संख्यात्मक रुपमा त्यसो देखिएको भएपनि संविधानसभामा हाम्रो मुद्दालाई जोडदार रुपमा प्रस्तुत गरिरहेका छौं नि, मुख्य कुरा यो हो ।

 सङ्घीयताकाको विषयमा तपाइको पार्टीको धारणा अलमलमा छ नि ?
सङ्घीयताका आवश्यक विषय होइन् । तर राजनीतिक सहमतिमा यो मुद्दालाई संबोधन गर्नुपर्छ भन्ने नै हाम्रो निचोड हो ।

पछिल्लो समय तँपाइको पार्टी भित्र विवाद बढेको छ,यो देश दौडाह आन्तरिक समिकरणको हो की राजनीतिक धुव्रीकरण वा धार्मीक के मा बढी केन्द्रीत हो ?
मेरो यो राजनीतिक सक्रियता नै हो । धर्म त जोडिएकै छ नि । हामी सनातन हिन्दू धर्म मान्नेहरुको लागी ।

माघ ८ मा नै संविधान जारी हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
शङका जन्मिएका छन् । तर संविधान जारी हुनुपर्छ भन्ने हाम्रो पनि चाहना हो ।

हिन्दु राष्ट्र कायम नभएर संविधान जारी भयो भने स्विकार्नु हुन्छ की ?
विधि र प्रक्रियाबाट जे जस्तो संविधान जारी भए पनि स्विकार्छौं । तर हाम्रो अन्तिम सम्म पनि  मुलुकलाइ हिन्दू राष्ट्र कायम गराउने  प्रयास कायम  नै हुनेछ । सहमति,दुई तिहाइ वा जनमत संग्रह कुनै पनि माध्यमबाट जारी भए स्विकार्य हुनेछ ।

नेपाली काँग्रेसका केही नेताहरुको हिन्दू राष्ट्र कायम गराउने अभियानसङग तपाइहरुको पार्टीको सहकार्य छ ?
तत्काल कुनै सहकार्य त छैन तर तपाइले भन्न खोज्नुभएको खुमबहादुर खड्का जीको मुद्दालाई होला त्यसप्रति मेरो पूर्ण सर्मथन छ ।

आसन्न सार्क शिखर सम्मेलनको पूर्व सन्ध्यामा दक्षिण एशियामा राजनीतिक शक्ति सन्तुलनका विषयमा राप्रपा नेपालको तयारी केही छ की ?
यो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको राम्रो अवसर हो । हामी पनि सबै राष्ट्रसँग सुमधुर सम्वन्ध कायम राख्न चाहन्छौं । सबै दलहरुले यो अवसरलाई राष्ट्रिय हितको पक्षमा सफल पार्न सक्नुपर्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31