शुक्रबार, चैत्र १६, २०८०

मुलुकमा राजनीतिक स्थिरता कायम गर्नका लागि भएपनि प्रक्रियाबाटै लोकतान्त्रिक संविधान जारी हुन्छ : उपप्रम सिंह

काठमाडौ कार्तिक ३०, नेपाल जेसिजको स्वर्ण महोत्सवको आज राजधानीमा आयोजित कार्यक्रमको समापन सत्रलाइ सम्बोधन गदै उपपम्र प्रकाशमान सिंहले जेसिजका गतिविधि संसारमै प्रजातान्त्रिक नमूनाको रुपमा रहेकाले प्रजातन्त्रवादीका लागि खुसीको विषय भएको बताउनु भएको छ । त्यस्तै उहाँले जेसिजले सामाजिक क्षेत्रको विकृति हटाउन गरेको रचनात्मक कार्य प्रसंशा गर्दै   मुलुकमा राजनीतिक स्थिरता कायम गर्नका लागि   प्रक्रियाबाटै भएपनि समयमै लोकतान्त्रिक संविधान जारी गर्नु पर्ने बताउनुभएको  छ ।

त्यस्तै दोस्रो संविधानसभा नेपालको लागि अन्तिम अवसर हो । २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनबाट प्राप्त सबैखाले अधिकारको सुनिश्चित गर्नुको साथै राजनीतिक स्थिरता र विकासलाई द्रुतगति दिन प्रक्रियाबाटै भएपनि लिखित लोकतान्त्रिक संविधान ल्याउन जरुरी छ,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

कार्यक्रममा नेपाल जेसिजका संस्थापक अध्यक्ष डा भेषबहादुर थापा अन्तराष्ट्रिय जेसिजका अध्यक्ष सिनी भास्करण, नेपाल जेसिजका अध्यक्ष सुशीलबाबु श्रेष्ठलगायतले नेपाल जेसिजको स्वर्ण महोत्सवको प्रसङगमा  बोल्नु भएके थियो ।