आइतवार, चैत्र १९, २०७९

आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं कत्तिक २८,  आज विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै छ । विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मधुमेह DSC_7187_8079 संगठनले प्रत्येक बर्ष मधुमेह दिवस मनाउँदै आएका छन । यो वर्ष देखि २०१६ सम्ममा स्वस्थ जीवन र मधुमेह नारासहित २०१४ लाई स्वस्थ भोजन र मधुमेह भन्ने नाराका साथ विश्वभरि नै मनाइँने भएको छ । अहिले विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन ।

त्यस्तै दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ । खानाामा कार्वोहाइडेटको मात्रा बढि, चिल्लो र गुलियो पदार्थ बढि हुँदा पनि मधुमेहको संभावना हुने चिकित्सकहरुले जनाएका छन् । यसैक्रममा विश्व मधुमेह दिवसको अवसर पारेर डाइविटिज सम्बन्धी जनचेतनामूलक विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको संस्था डाइविटिज नेपालले आज राजधानीको बसन्तपुरबाट प्रभातफेरीको आयोजना गरेको छ ।
“मधुमेह रोकथाम गरौं” भन्ने मूख्य उद्देश्यका साथ वसन्तपुरबाट सुरु भएको प्रभातफेरी इन्द्रचोक, दरबारमार्ग, केशरमहल, ठमेल हुँदै पुनः वसन्तपुरमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा संस्थाका पदाधिकारी, नेपालका लागि अष्टेलियन राजदुत, कलाकार, सुरक्षा निकाय, विभिन्न संघसंस्थाका प्रतिनिधि र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31