शुक्रबार, चैत्र १७, २०७९

लोकतन्त्रवादी दलहरुलाई कम्यूनिष्टहरुसङग सङर्घष लागि तयार रहन नेता खड्काको आह्वान

कात्तिक २८ बसन्त उपाध्याय नेपालगन्ज/  लोकतन्त्रमा विश्वास गर्ने सबै राजनीतिक दलहरुलाई आगामि दिनहरुमा कम्यूनिष्टहरुसँग संर्घष गर्नलाई तयार रहन नेपाली काँँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले आह्वान गर्नुभएको छ । शुक्रबार तरुणदल बाँकेको जिल्ला अधिवेशन उद्घाटन गर्दै उहँँले सत्ताकोलागि सिद्धान्तमा Khuhme-bd-khadka-e1412871855821सम्झौता नगर्न पार्टी नेतृत्व पक्तिंलाई सतर्क रहन आग्रह गर्नुभएको हो । नेपाली काँग्रस केन्द्रिय सदस्य खड्काले काँग्रेस ‘डिरेल’ भइसकेकाले अब काँग्रेसले समयमै आफ्नो रणनिती तय गर्नुपर्ने बताउनुभएको छ ।

प्रचण्ड माओवादील बङकंरमा जाने भन्दैे मनोवैज्ञानिक दवाव दिएको र विप्लव माओवादीले युद्धमा जाने धम्की दिएको भन्दै नेता खड्काले देशको राजनीतिका बारेमा नेताहरुलाई गम्भिर भएर सोच्न सुझाव दिनुभएको छ । संविधान बनाउने नाममा जातीय र संघियताका नाममा मधेश प्रदेशको विषयमा पार्टीमा एक आवाज हुनुपर्ने भन्दै देश हिन्दू राष्ट्र कायम हुनुपर्ने कुरामा जोड दिंदै उहाँले देशलाई जातीयता र संघियताको दूर्घटनाबाट रोक्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।

कम्युनिष्टहरुको चरित्र नबुझ्दा विगतमा देशमा युद्ध भएको स्मरण गर्दै नेता खड्काले प्रक्रियामा गएर माघ ८ मा नै संविधान जारी गर्नु पर्ने बताउनुभएको छ । ०६२/६३को जनआन्दोलन पछि नेपालमा अन्तराष्ट्रिय शक्तिहरुको चलखेल बढेको तर्फ इङगिंत गर्दै नेता खड्काले राष्ट्रियतामा समेत प्रश्न चिन्ह खडा भएको तर्फ दलका सबै नेताहरुको ध्यान जान जरुरी भएको उल्लेख गर्नुभएको छ ।  त्यस्तै नेता खड्काले भन्नुभयो –‘चुनौति छ भन्नु र चुनौतिको सामना गर्नुपर्ने फरक कुरा हो । अहिले चुनौतिको सामना गर्नु पर्ने बेला आएको छ ।’ कम्युनिष्टको जालमा देश र नेताहरु फसेको प्रसंग जोड्दै नेता खड्काले संविधान बनाउने नाममा विधि र प्रक्रियमा नचुक्न नेताहरुलाई आग्रह गर्नुभएको छ । अहिले नेपालको सुरक्षा निकायमा माओवादी घुसपैठ भइसकेको भन्दै उहाँले आगामी दिनमा चुनौतिहरु विगत भन्दा निकै फरक र अप्ठेरा हुनसक्नेतर्फ सबैलाई सचेत रहन समेत आह्वान गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका अर्का केन्द्रिय सदस्य किशोरसिहं राठौरले काँग्रेसमा अनुशानको कमी भएको भन्दै तरुणहरुलाई चुस्त दुरुस्त रहन आग्रह गर्नु भएको थियो। त्यसैगरी तरुणदलका केन्दीय अध्यक्ष उदय शम्सेर राणाले देशमा संविधान जारी हुँदै गर्दा तरुणहरुले लोकतन्का पक्षमा खवरदारी गर्न तरुणहरुलाई निर्देशन दिनुभएको थियो । उक्त कार्यक्रममा महिला सङघकी अध्यक्ष डिला संग्रौला,तरुणदलका महासचिव हुर्मत न्यौपाने,प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल लगाएतकाले शुभकामना मन्तब्य दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31