बिहिबार, चैत्र १५, २०८०

मदरसाको रकम दुरुपयोग गर्ने शिक्षा अधिकारीसहित छजनाविरुद्ध मुद्दा दायर

काठमाडौं कात्तिक २७,अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले मदरसाको नाममा प्राप्त आव २०६५÷६६ देखि आव २०६९÷०७० सम्म सरकारी स्रोतबाट प्राप्त रकम akither-ko-logo1दुरुपयोग गरेको दुरुपयोग गरेको अभियोगमा सिरहाका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित छजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यसरी मुद्धा दायर गरिएकाहरुमा आर्थिक अनियमिततामा संल्गन तत्कालीन कामु जिल्ला शिक्षा अधिकारी द्वारिकाप्रसाद यादव, स्रोत व्यक्ति राजेन्द्रप्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद मुस्तफा मिया, भूपू अध्यक्ष मोहितनारायण यादव तथा तत्कालीन शिक्षकद्वय परमेश्वर यादव र ज्याउल रहमान रहेको आयोगद्वारा जारी आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले स्रोतव्यक्ति यादवले करिब रु १२ लाख २३ हजार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मियाले करिब रु १२ लाख २३ हजार, कामु जिशिअ यादवले रु ५५ हजार २३६, भूपू अध्यक्ष यादवले करिब रु आठ लाख ४१ हजार र तत्कालीन शिक्षकद्वय यादव र रहमानले क्रमशः रु ५५ हजार २३६ र २६ हजार अनियमितता गरेकाले बिगो असुल उपर गरी हदैसम्मको कारबाहीको माग गरिएको छ ।

मदरसाको रकम दुरुपयोग गर्ने शिक्षा अधिकारीसहित छजनाविरुद्ध मुद्दा दायर