शुक्रबार, बैशाख ७, २०८१

शुक्रबार बस्ने संवाद समितिको बैठकबाट सहमतिको पहिचान गर्ने डा .भट्टराईको तयारी

काठमाडौ कात्तिक २७ ,केहि दिन यता देखि संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउन भन्दै अनौपचारिक परामर्शमा व्यस्त रहदै आएका baburam-bhattaraiसंवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउन आग्रह गर्दै आज प्रम सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोनमा परामर्श गर्नुभएको छ।

सभापति भट्टराई निकट स्रोतका अनुसार आज भएको अनोपचारिक परामर्सको आधारमा शुक्रबार बस्ने संवाद समितिको बैठकमा घनिभूत छलफल गर्दै सहमतिको पहिचान गर्ने तयारी गरेको बुझिएको छ ।

त्यस्तै समितिको बैठकअघि काँग्रेस र एमाओवादीबीच प्रधानमन्त्री निवास बालुवाटारमा र  एमाले र एमाओवादीबीच राज्यव्यवस्था समितिको बैठक कक्ष सिंहदरबारमा द्विपक्षीय वार्ताको कार्यसूचीसमेत तय गरिएको छ भने यसअघि सभापति डा भट्टराईले मजफो लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसङग पनि प्रस्तावित प्रसङगमा छलफल गनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31