शनिबार, बैशाख ८, २०८१

५२ जना प्रहरी निरिक्षकको नायव उपरीक्षक (DSP)मा बढुवा सिफारिस

काठमाडौ कात्तिक २७, नेपाल प्रहरीको मख्यालयले ५२ जना प्रहरी निरिक्षक अर्थात इन्सपेक्टरलाई प्रहरी नायव उपरीक्षक (डिएसपीको) पदमा बढुवा गर्न सिफारिस गरेको nepal prahariछ । बढुवा सिफारिस समितिले बढुवाका लागि गृहमन्त्रालयलाई सिफारिस गरेको हो । अब समितिको सिफारिस अनुसार मन्त्रालयले उनीहरुको बढुवाको निर्णय गर्नेछ ।

प्रहरीको ईन्सपेक्टर पदको दरखास्त बुझाउने म्याद एक महिना थप :  यसैवीच  प्रहरी मुख्यालयले रिक्त रहेको प्रशासनतर्फको प्रहरी निरीक्षक (ईन्सपेक्टर) पद खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्न आह्वान गरेको दरखास्त  बुझाउने म्याद एक महिना थप गरेको छ । गत असोज २६ देखि कात्तिक २८ गतेसम्म दरखास्त आव्हान गरिएकोमा पुनः दरखास्त फाराम वितरण तथा दर्ता कार्य यही कात्तिक २९ देखि आगामी मंसिर २८ गतेसम्म थप गरिएको हो । खुल्ला तर्फबाट ईन्सपेक्टरमा पदपुर्तीकालागी  ५६ पद रिक्त रहेका छन

सूची हेर्नको लागि यहाँ क्लिक गर्नहोला  ….