बुधबार, बैशाख १२, २०८१

सार्कसम्बन्धी सम्झौता गर्ने अख्तियारी परराष्ट्र मन्त्रीपाण्डेलाई

सार्क सम्मेलनको समयमा काठमाडौंमा २ दिन सार्वजनिक विदा दिने निर्णय

काठमाडौ कात्तिक २७, मन्त्रिपरिषद्को आज बसेको बैठकले बसेको आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनका क्रममा हुने सम्झौताहरूका लागि परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई अख्तियारी दिने निर्णय गरेको सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।मन्त्री रिजालले cabinate-photo-300x145सम्मेलनमा सार्कका मुलुकहरूबीच रेल तथा सवारी साधन सम्झौताका साथै ऊर्जा सहयोगसम्बन्धी विभिन्न सम्झौताहरू हुने  सम्झौता  हुने बताउँनु भएको छ । ।

त्यस्तै बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रामकृष्ण पोखरेल, नेपाल दूरसञ्चार प्राधिकरणको सदस्यमा टीकाप्रसाद उप्रेती र भूमिगत जलस्रोत विकास समितिको कार्यकारी निर्देशकमा जगतप्रसाद जोशीलाई नियुक्त गर्ने निर्णय गर्नुको अलावा राष्ट्रिय अनुसन्धान विभागको सह–अनुसन्धान निर्देशकहरू यदुलाल खरेल, राजुकुमार अर्याल, यादवप्रसाद रेग्मी र यतिराज पङ्गेनीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार मन्त्री डा रिजालले जानकारी दिनुभएकोछ ।  त्यस्तै सरकारले स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति निर्माणको आवश्यकता महसुस गरी सिफारिसका लागि उच्चस्तरीय कार्यदल गठन गर्नुका साथै नेपाली सेनाका केही सहायक रथी र महासेनानी अधिकृतहरूको सरुवा पनि आजको मन्त्रीपरिषद बैठकले गरेको बुझिएको छ ।

यसैवीच सार्कको १८औँ शिखर सम्मेलनका क्रममा ट्राफिक व्यवस्थापन र सुरक्षाको हिसाबले सार्वजनिक दुई दिन बिदा  उपत्यकाका स्कूल र क्याम्पसमा चार दिन बिदा दिने निर्णय भएको छ । यसैगरी ट्राफिक व्यवस्थापनको लागि ५ दिन जोर बिजोर प्रणाली लागू गर्ने निर्णय पनि मन्त्रीपरिषदले गरेको छ ।