शनिबार, बैशाख ८, २०८१

आसन्न सार्क सम्मेलनको कारण देखाउँदै नेविसङघ महाधिवेशन स्थगित

काठमाडौंकात्तिक २७,  नेविसङघ नेपाल विद्यार्थी सङघको महाधिवेशन  स्थगित भएको छ । पटक पटकको स्थगन पछि यस पटक हुन्छकी भन्ने आशाा गरिएको आसन्न कात्तिक ३० गतेको लागि प्रस्ताव गरिएको महाधिवेशन आठ बर्षपछि हुन लागेको हो । तर महाधिवेशन फेरि पनि स्थगित भएको छ ।

bay bi song flagआज विहान बसेको काँग्रेस पदाधिकारीहरुको बैठकले तत्कालका लागि महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । अहिले स्थगित गरिएपनि फेरी कहिलेलाई तोक्ने भन्ने बारेमा भने नेताहरुले केही निर्णय गरेका छैनन ।  काठमाडौंमा हुन लागेको सार्क सम्मेलनलाई कारण देखाउदै महाधिवेशन स्थगित गरिएको काँग्रेस नेताहरुले बताएका छन ।

राजधानीमा आगामी मंसिर १० र ११ गते सार्क शिखर सम्मेलन हुदै छ भने नेविसंघको महाधिवेश १० दिन अघि नै सक्नेगरी तय भएको थियो । महाधिवेशन र सार्क सम्मेलन विचको समयावधि १० दिन हुदा पनि स्थगित गर्नु सुहाउने कुरा नभएको नेविसघका नेताहरुको भनाई छ । उनिहरुले पार्टीका केही नेताहरुको खराव नियतको शिकार नेविसघं भएको भन्दै आक्रोश व्यक्त गरेका छन । पार्टी निर्णयका विरुद्धमा विद्यार्थीहरुले प्रतिकात्मक रुपमा विरोध जनाउने तयारी पनि गरेका छन ।

महाधिवेशन यही ३० गते देखि मंसिर १ गते सम्म किर्तिपुरमा  गर्ने तय भएको थियो । महाधिवेशनको प्रधानमन्त्री शुशिल कोईरालाले उद्घाटन गर्ने कार्यक्रम थियो भने नयाँ नेतृत्वमा पुग्नका लागि उमेदवारहरुले प्रचार प्रसारलाई तिव्रता दिएका छन ।  नेविसंघको अध्यक्षका लागि कुन्दनराज काफ्ले मनोजमणी आचार्य, नैनसिंह महर, सहितका झण्डै एक दर्जन नेताहरुले उमेदवारी घोषाणा गरेका थिए भने महामन्त्रीका लागि पनि उत्तिकै धेरै उमेदवारहरु देखिएका छन । नेविसंघको महाधिवेशन प्रतिनिधि सम्बन्धी विवाद भने समाधान भईसकेको नेताहरुको भनाई छ । नेविसंघको महाधिवेशनका लागि देशभरीबाट झण्डै २६ सय प्रतिनिधिहरु छनौट भएका छन ।