शनिबार, बैशाख ८, २०८१

दलीय सहमतिमा जुट्नुको साटो रोल्पाली जनताको साथ खोज्दै प्रचण्ड

कठमाडौं कात्तिक २६, संविधानका विवादित प्रसङग एवम सत्तारुढदल नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट साझा अवधारणाको प्रारुपमा सात prachanda1प्रदेश सहितको प्रस्ताव संवाद समितिको बैठकमा प्रस्तुत भएपछि दलहरुवीच देखिएको धुव्रीकरणको माहौलमानै एकाएक राजधानी बाहिर गएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज रोल्पाको राँसीमा आयोजित एक कार्यक्रममा बोल्दै विगतमा गरिएका सम्झौताअनुसार जन अपेक्षा अनुरुपको संविधान निर्माणका लागी आफुले रोल्पा र रोल्पाली जनताको सहयोग र साथको अपेक्षा गरेको अभिव्यक्ति दिनु भएको छ

त्यस्तै मुलुकमा संविधान निर्माणको समय नगिचिदै जाँदा सहमति र सहर्कायमा जुट्नु पर्नेमा आ-आफ्नै दलीय अडानमा अडिग हुँदै रोल्पा पुगेका अध्यक्ष प्रचण्डले आफ्नो भ्रमणबारे राजधानीमा चलिरहेको गलत टीकाटिप्पणीप्रति सङ्केत गर्दै  आफू फेरि हिंसा र युद्धमा फर्कन नचाहेको जिकीर गर्दै जनताको हकअधिकार समेटिने गरी नयाँ संविधान निर्माण नगरिए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी भने दिन पछि नपरेको प्राप्त  समाचारमा उल्लेख रहेकोछ ।