शनिबार, बैशाख ८, २०८१

पार्टी सचिव नेत्रविक्रमलाइ कारवाही गर्ने भन्दै बैद्यले बोलायो विस्तारित बैठक

  काठमाडौ कात्तिक २६, नेकपा–माओवादीले पार्टीभित्र विवाद बढ्दै गएपछि आगामी मङ्सिर ६ गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।  पार्टी सचिव नेत्रविक्रम चन्दले पार्टीको निति निर्देशन विपरित जनविद्रोहको कार्यदिशा अपूर्ण रहेको भन्दै पोलिटब्युरो बैठक एवम् अन्य कार्यक्रम समेत बहिस्कार गर्न थालेपछि सो सम्बन्धमा निर्णय गर्न माओवादीले विस्तारित बैठक डाकेको छ भने यता सचिव चन्दले आफ्नो पक्षका केन्द्रीय cpn_maoistसदस्य र प्रत्येक जिल्लाबाट दुई जना प्रतिनिधि रहने गरी बुधवारको मिति तय गर्दै अको छुट्टै भेला बोलाएको अवस्थालाइ मध्यनजर गदै सम्वद्ध स्रोतले पार्टी विभाजन उन्मूख भएको दावी गरेका छन ।

यसैवीच नेकपा माओवादी पार्टीभित्र बढेको विवादका बीच बसेको माओवादीको पोलिटब्युरो बैठकले चन्द पक्षले पार्टी पद्धति विपरीत अलग ढङ्गले main-newsगतिविधि गरिरहेको जनाउँदै त्यस्ता गतिविधि तत्काल बन्द गरी पार्टीलाई एकताबद्ध तुल्याउन निर्देशन दिने निर्णय सहित आगामी कात्तिक २९ गते केन्द्रीय समितिको बैठक र मङ्सिर ६ गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको पार्टी अध्यक्ष मोहन वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

यसरी नेकपा माओवादी पार्टीभित्र मौलाएको आन्तरिक विवादको चरण र राष्ट्रिय भेला मार्फत् अलग पार्टी गठन गरी भूमिगत छापामार संघर्ष सुरु गर्ने नेत्रविक्रमको धम्कीको श्रृखलालाइ हेर्ने हो भने आ नेकपा माओवादी दुइशिराम विजन हुने लगभग निश्ति देखिएको छ ।