बुधबार, चैत्र १५, २०७९

प्रजातन्त्रका पिता स्व: नेता गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा उहाँप्रति ससम्मान श्रद्धा व्यक्त गर्दै

“लौह पुरुष स्व :सिहंको जन्म शताब्दी वर्षभरिनै विभिन्न कार्यक्रम गरि मनाइने”

काठमाडौं कात्तिक २४ , प्रजातन्त्रका पिता एवम् लौह पुरुष तथा  २०४६   सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व नेता गणेशमान सिंहको आज १००औ जन्म ganeshman1_124759007जयन्तीका अवसरमा नेपाली कांग्रेस र गणेशमान सिंह फाउण्डेसन ,प्रतिष्ठानलगायत विभिन्न सङघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै छ ।
लौह पुरुष स्व सिहंको जन्म शताब्दीलाई वर्षभरि नै मनाउँदै उहाँको कार्यशैलीलाई नयाँ पुस्तामा जानकारी गराउने उद्देश्यले वर्षभरि कार्यक्रम गर्ने लक्ष्य अनुरुप आजबाट गणेशमान सिंह फाउण्डेसनले शतवार्षिकी कार्यक्रमका समेत सुभारम्भ गर्ने भएको छ । जन्मजयन्तीको अवसरमा राजधानीको शोभा भगवतीमा रहेको उहाँको प्रतिमामा माल्यार्पण कार्यक्रमको आयोजना गरिदै छ छ भने राजधानीको शान्ति बाटिकामा जन आन्दोलन सहीद स्मृति शान्ति प्रतिष्ठानले जनआन्दोलन स्वर्ण पदकबाट प्रजातन्त्रका सेनानीहरुलाई सम्मान वितरण गर्ने भएको छ ।

प्रस्तुत कार्यक्रममा प्रधानमन्त्रीलगायत सुशील कोइराला लगायतका नेताहरुको समेत सहभागी हुने प्रतिष्ठानका अध्यक्ष भिमसेनदास प्रधानले जानकारी दिनु भएको छ। त्यस्तै गरी गणेशमान सिंह प्रतिष्ठानले भने आज दिउँसो २ बजे भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा सबै दलका नेताहरु सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31