सोमवार, चैत्र ६, २०७९

दाइजो कम ल्याएको बहानामा बुहारीको हत्या गर्ने श्रीमान सहित एकाघरका आठ सदस्य पक्राउ

मोरङ कात्तिक २१, माग दावी अनुरुप दाइजो नल्याएको निहुँमा आफ्नी बुहारी मीरादेवी शर्माको हत्या आरोपमा एकै परिवारका आठ जनालाई daijo_2014062809500819प्रहरीले पक्राउ गरेको छ । दाइजो कम ल्याएको निहुँमा छठ पर्वको समयमा गत कात्तिक १० गते साँझ मीरादेवीलाई कुटपिट गरी हत्या गरेका थिए । उनीहरूले घटना लुकाउन मीराको शव भारतीय भूमिका लगेर जलाएको प्रहरीले जनाएको छ ।

मोरङको बुधनगर–४ का ६० वर्षीय महेन्द्र शर्मा (ससुरा) र बिन्दा शर्मा (सासु) सहित सात जनालाई इलाका प्रहरी कार्यालय विराटनगरले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय देवानन्द शर्मा (जेठाजु ),सरितादेवी शर्मा (जेठानी), चन्दन शर्मा (श्रीमान), दीपक शर्मा, प्रकाश शर्मा, पङ्कज शर्मा रहेका छन ।
घटना सार्वजनिक भएपछि प्रहरीले पहिले सासू बिन्दा र जेठानी सरितादेवीलाई पक्राउ गरेको थियो । फरार भएका अन्यलाई भने भारतीय प्रहरीको सहयोगमा बुधबार विराटनगर–२२ मटेर्वा क्षेत्रबाट पक्राउ गरिएको प्हरीले बताउँदै हत्याका आरोपितलाई मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यानअन्तर्गत म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31