बिहिबार, चैत्र १५, २०८०

१३ बर्षीय नाबालिकालाई जबर्जस्ती करणी गदै आइरहेका भिमे वोलीलाई १२ बर्ष कैद

काठमाडौँ कात्तिक २०, १३ बर्षीय नाबालिकालाई जबर्जस्ती करणी गरि गर्भवती बनाएकोको अभियोगमा रुकुम गरायला गा बि स वडा नं ४ बस्ने बर्ष rukum३३ को भिमे ओलीलाई रुकुम जिल्ला अदालतले १२ बर्ष जेल सजाय सुनाएको छ ।
प्राप्त समाचारमा उल्लेख भएको घटना विवरण अनुसार १३ बर्षिय बालिकालाई पहिलो पटक ०७१ बैशाख २८ गते र त्यस पछि पनि पटक पटक निज भिमे वोलीले जबर्जस्ती करणी गरि सो कुरा कसैलाई भनेमा ज्यान मार्ने धम्की दिदै बालिका सङग अनुचित सम्बन्ध राख्दै आएको र पछिल्लो सम्बन्धको क्रममा बालिका गर्भवती भएपछि परिबारका सदस्यले थाहा पाई सोधखोज गर्दा भिमे वोलीको कर्तुतको खुलास एको थियो । त्यसपछि बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएको समाचारमा उल्लेख रहेको छ ।

त्यस्तै पिडित पक्षको तर्फबाट प्राप्त उजुरीको आधारमा प्रहरीले अभियुक्त भिमे वोलीलाई गिरफ्तार गरि यहि भाद्र २६ गते रुकुम जिल्ला अदालतमा मुद्दा दायर गरेका बुझिएको छ । । उक्त मुद्दामा रुकुम जिल्ला अदालतका न्यायाधीश श्री हेमन्त रावलको ईजलासले मुद्दामा निरन्तर सुनुवाई गरि मुद्दा दर्ता भएको दुई महिना भित्रै प्रत्यबादी भिमे वोलीलाई १२ बर्ष कैद र पिडित बालिकालाई रु १ लाख क्षतीपुर्ती समेत भराई दिने गरि आज फैसला गरेको कुरा अदालतका श्रेस्तेदार लोक बहादुर हमाललाइ उदृत गदै प्राप्त समाचारमा उल्लेख रहेको छ ।