बिहिबार, बैशाख १३, २०८१

विवादित विषयमा सहमति र असहमति भएका बुँदालाई जस्ताको तस्तै विधानसभामा पठाउँन तीनदल सहमत

काठमाडौ कात्तिक १५, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा संविधानका अन्तर्वस्तुमा सहमति भएका विषयवस्तुलाई सहमतिका रूपमा र असहमति 3-dall-ko-logoभएका बुँदालाई असहमति रूपमा संविधानसभामा पठाउन प्रमुख तीन दलहरूबीच सहमति भएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले आज आफ्नै कक्षमा राख्नुभएको नेपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीका शीर्ष नेता सम्मिलित बैठकमा यस्तो सहमति भएको हो ।

आइतवार सम्ममा विवादित बुँदामा सहमति खोज्न सहमतिका प्रयास गर्ने यदि सहमति जुट्न सकेन भने संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका अन्र्तवस्तुका सहमति र असहमति दुवै बुँदाको प्रतिवेदन तयार गरी संविधानसभालाई पठाइनेछ नितिगत सहमति भएको बैठक पछि एमाओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पत्रकारहरुसङग संक्षिप्त प्रतिक्रिया दिने क्रममा बताउँनु भएको छ ।

त्यस्तै अध्यक्ष दाहालले सहमति समितिले संविधानका अन्र्तवस्तुमा हालसम्म गरेका सहमति र सहमति हुन बाँकी रहेका विषयलाई जस्ताको त्यस्तै रूपमा संविधानसभामा पठाउने हो, संविधानसभामा पनि छलफल हुँदै जान्छ, यता समितिमा पनि सहमतिका प्रयास जारी रहने बताउँदै गर्दा काँग्रेस महामन्त्री कृष्ण सिटौलाले भोलिसम्ममा संविधानका सहमति हुन बाँकी अन्र्तवस्तुमा छलफल जारी रहने र सहमति हुन नसकेमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सहमति र असहमति समेटिएको प्रतिवेदन संविधानसभामा पठाउने दलहरूबीचमा सहमति भएको जानकारी दिदै माघ ८ मा संविधान जारी गर्ने कार्यतालिकामा अब कुनै परिवर्तन नहुने बताउँनु भएको छ ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, महामन्त्री सिटौला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एनेकपा (माओवादी)का अध्यक्ष दाहाल र नेता डा बाबुराम भट्टराई सहभागी हुनुहुन्थ्यो ।