बिहिबार, बैशाख ६, २०८१

१८औं सार्क सम्मेलनको तयारी अन्तिम चरणमा

(मङ्सिर १० र ११ गते शिखर सम्मेलन आयोजनाका लागि पून निर्माण हुदै गरेको राष्ट्रिय सभागृह)

काठमाडौ कात्तिक १९, आगामी मङ्सिर १० र ११ गते राजधानीमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८औँ शिखर सम्मेलनको तयारी अन्र्तगत व्यवस्थापकीय काय शिखर सम्मेलनको घोषणापत्र तयारी, सरकार प्रमुखले सम्मेलनमा गर्ने सम्बोधन तथा प्रक्रियागत कामकारवाी अन्मिचरणमा पुगेको पराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रम सुशील कोइरालाको अध्यक्षतामा गठित राष्ट्रिय मूल समिति, उपप्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का सदस्यहरूको संयोजकत्वमा गठन भएका विभिन्न विषयगत समिति तथा उपसमितिले सम्मेलनलाई भव्य रूपमा सफल तुल्याउन तथा बाँकी काम सोही मितिभित्र पूरा गर्ने तयरीका सरकारको रहेको जनाउँद सम्मेलन तयारीका लागि गठित अर्थ व्यवस्थापन, सुरक्षा परिवहन तथा यातायात व्यवस्था, सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार, भौतिक पूर्वाधार व्यवस्था, सरसफाई तथा नगर सजावट समितिले आफूलाई दिइएको जिम्मेवारी कात्तिक मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको सराकारवाला निकायका अधिकारीहरुले बाएका छन ।  त्यस्तै शिखर सम्मेलन आयोजना हुने स्थान राष्ट्रिय सभागृहको सम्पूर्ण भौतिक संरचना यही कात्तिक २५ गते तयार हुने, सिंहदरबारस्थित ग्यालरी बैठकको मर्मतसम्भार अन्तिम चरणमा पुगेको, शिखर सम्मेलनमा प्रयोग हुने सवारी मार्गको मर्मतसम्भार यसै महिना सम्पन्न गर्ने लक्ष्यका साथ सम्बन्धित निकायले काम गरिरहेको जनाउँदै सम्मेलन तयारी तथा समन्वय समितिका संयोजक एवम् परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मङगवर परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले भारतीय प्रधानमन्त्रीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले जनकपुर पुगेर स्वागत गर्ने योजना सरकारको छ भने विमानस्थलमा उपप्रधानमन्त्रीद्वयले आवश्यकतानुसार सार्कका राष्ट्र÷सरकार प्रमुखलाई स्वागत गर्ने व्यवस्था मिलाइएको जानकारी दिदैसम्मेलनस्थलमा सम्माननीय प्रधानमन्त्री र आफूले राष्ट्र÷सरकार प्रमुखलाई स्वागत गर्ने र उहाँहरूलाई आवासको प्रबन्ध गरिएको सोल्टी होटलमा शिक्षा मन्त्री चित्रलेखा यादव र ऊर्जामन्त्री राधादेवी ज्ञवालीले स्वागत सत्कार गने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ।