शुक्रबार, चैत्र १६, २०८०

होटल र्यााडिसनमा पत्रकारको लागि सुरक्षा पास वितरण गर्दै अधिकारीहरु

काठमाडौं मङसिर ७, दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कको १८औं शिखर सम्मेलनको समाचार संकलन गर्नको लागि स्वदेशी र विदेशी Pra_0370गरी ९ सय २० जनालाई विशेष पास उपलब्ध गराएको छ। सार्क समाचार संकलनको लागि विशेष पास लिनेमा तीन सय २५ जना विदेशी पत्रकार रहेका छन्।   विभागका अनुसार विशेष पास लिने विदेशी पत्रकारमा सबैभन्दा बढि भारतका रहेका छन्।

भारतबाट एक सय ४९ जना पत्रकारले विशेष पास लिएका छन्।  यस्तै बंगलादेशबाट एक सय २३ जना पत्रकार सार्क सम्मेलनको समाचार संकलन गर्न नेपाल आउने भएका छन्।   यसरी वितररित प्रेसपास राजधानीको र्यााडिसन होटलमा स्थापना गरिएको मिडिया सेन्टरबाट  वितरण गर्ने व्यवस्था गरिएको छ ।  पत्रकारको लागि सुरक्षा पास वितरण गर्दै अधिकारीहरु ।